संविधान दिवसमा तनहुँ कारागारका ७ जना कैदीले आममाफी पाउने

Devghat Online

शेयर गरौ

दमौली, भदौ २१

संविधान दिवसको अवसरमा आगामी असोज ३ गते तनहुँ कारागारबाट ७ जना कैदी रिहा हुने भएका छन् । संविधान दिवसको अवसरमा सरकारले देशभरबाट एकैपटक एक हजारभन्दा बढी कैदीको बाँकी सजाय मिनाहा गरेर छाड्ने तयारी गरेको छ । असोज ३ गते संविधान दिवसका अवसर पारेर उनीहरुलाई सजाय मिनाहा गरेर थुनामुक्त गर्न लागिएको हो । उक्त सुचीमा तनहुँ कारागारमा रहेका ३ जना कैदी पनि रहेका छन् ।

कारागार व्यवस्थापन विभागले गत असार ९ गते ७ दिने सार्वजनिक सूचना आह्वान गर्दै ६२० जना कैदीको सजाय मिनाहाका लागि नामावाली निकालेको थियो । विभागले मंगलबार फेरि ४९२ जनाको नामावलीसहित ७ दिने सूचना निकालेको छ । सजाय मिनाहा गर्न लागिएका उनीहरुविरुद्ध कुनै उजुरी वा गुनासो भए दिन सूचनामा भनिएको छ ।

कारागार व्यवस्थापन विभागका प्रमुख जयनारायण आचार्यले असार ९ गते र भदौ १६ गते निकालिएका नामावलीका कैदीलाई माफी मिनाहाका लागि अब एकैपटक सिफारिस हुने बताए । उनीहरुलाई जेठ १५ गते गणतन्त्र दिवसका दिन माफी मिनाहा गर्नु पर्नेमा सर्वोच्च अदालतको आदेशपछि नियमावली संशोधनको प्रक्रियाले त्यतिबेला सम्भव नभएको कारण पछि नामावाली प्रकाशित गरिएको विभागका प्रमुख आचार्यले बताए ।

तनहुँ कारागारमा रहेका रिहा हुने कैदीहरुमा नकवजनी चोरी मुद्धामा दोषी ठहर भई ५० प्रतिशत कैद भुक्तान गरेका ऋषिङ गाउँपालिका–४ का किसान विक, बहविवहा मुद्धामा ५० प्रतिशत कैद भुक्तान गरेका बन्दिपुर गाउँपालिका ३ का बुद्धिबहादुर नेपाली, सवारी ज्यान मुद्धामा ५० प्रतिशत कैद भुक्तानी गरेका आबुँखैरेनी गाउँपालिका २ का नविन थापा रहेका छन् ।

यसैगरि सवारी ज्यान मुद्धामा ५० प्रतिशत कैद भुक्तान गरेका व्यास नपा–१३ का सागर थापा, सवारी ज्यान मुद्धामा ५० प्रतिशत कैद भुक्तान गरेका बन्दिपुर गाउँपालिका ६ का आनन्द गुरुङ, बहुविवहा मुद्धामा ५० प्रतिशत कैद भुक्तान गरेकी बन्दिपुर गाउँपालिका ३ की सुष्मिता थापा र हातहतियार खरखजना मुद्धामा ५० प्रतिशत कैद भुक्तान गरेका घिरिङ गाउँपालिका ३ का टेकबहादुर थापा रहेका छन् । उनीहरु सबै चालचलन असल भएको भनि जिल्ला कारागार प्रशासनको सिफारिसमा रिहा हुन लागेका हुन् । लोकवाणी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि