व्यास नगर कार्यपालिका बैठकः आधारभुत तहसम्मको शिक्षामा शुल्क लिन नलिन निर्देशन

Devghat Online

शेयर गरौ

दमौली, भदौ २४

व्यास नगरपालिकाले आधारभुत तहसम्मको शिक्षामा कुनै पनि शुल्क नलिन सामुदायिक विद्यालयहरुलाई निर्देशन दिएको छ । आइतबार बसेको नगर कार्यपालिकाको बैठकले व्यासनगर शिक्षा शाखाबाट प्रस्तुत सामुदायिक विद्यालयहरूले हाल लिइरहेको शुल्क विवरण, विद्यार्थी संख्या, दरबन्दी संख्या सम्बन्धी प्रतिवेदन सम्बन्धमा छलफल गरी यसै शैक्षिक वर्षदेखी सबै सामुदायिक विद्यालयहरूलाई कक्षा ८ सम्म (आधारभूत तह) मासिक शुल्क नलिन निर्देशन दिने तथा मावि तहसम्म निशुल्क शिक्षा प्रदान गर्न आगामी नगरसभाबाट विद्यालयको आवश्यक खर्च व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

बैठकले नगरपालिकाका गरिब परिवार पहिचान सम्बन्धी निर्देशिका २०८० अनुसार २०८१ मंसिर मसान्तसम्म नगरपालिकाका सबै वडाका विपन्न गरिब परिवारको तथ्याङ्क सङ्कलन गर्ने व्यवस्था मिलाउन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ । यस्तै व्यास नगरपालिका विपन्न सुरक्षित आवास सहयोग कार्यविधि २०८१ को आधारमा ब्यास नगरपालिका भित्रका खरको छाना भएका वा जीर्ण अवस्थाका विपन्न घरपरिवारलाई १५ दिनभित्र सम्बन्धित वडामा निवेदन दिन सूचना दिने निर्णय गरेको छ ।

व्यास नगरपालिकाका वडा नम्बर १ देखि ५ सम्मका वडाका सरसफाई सेवा लिने व्यवसायी, घरधनी, घरभडामा बस्नेहरूलाई सरसफाई कार्ड वितरण गर्न सरसफाई शाखालाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको उक्त बैठकले वडा नम्बर ३ देउराली नगरस्थित शिव पञ्चायन माविको अध्यक्षमा सिफारिस हुने व्यक्तिहरूको योग्यता संघीय शिक्षा ऐन र व्यास नगरपालिका शिक्षा ऐनसँग मिल्दो नदेखिएकाले पुन योग्य उम्मेदवार सिफारिस गर्नेगरी समितिका सदस्य मनोनयन, अभिभावक भेलाबाट संशोधन गरी पेश गर्न सम्बन्धित वडाध्यक्षलाई निर्देशन दिने निर्णय गरेको छ ।

व्यास नगर प्रज्ञा प्रतिष्ठानको अध्यक्षमा न्यौपाने

यसैगरि व्यासनगर प्रज्ञा प्रतिष्ठानको अध्यक्षमा व्यास नपा ४ निवासी काशिनाथ न्यौपाने मनोनयन भएका छन् । व्यास नगरपालिकाको आइतबार बसेको कार्यपालिकाको बैठकले व्यास नगर प्रज्ञा प्रतिष्ठान ऐन २०७९ को दफा ८(२) अनुसार न्यौपानेलाई व्यास नगर प्रज्ञापरिषदको अध्यक्षमा नियुक्ती गर्ने निर्णय गरेको हो ।

यसैगरि प्रज्ञा प्रतिष्ठानमा व्यास १ का हरिसिंह गुरुङ, व्यास २ का देवी बहादुर बस्नेत र व्यास ४ की नारायणी अधिकारीलाई सदस्य तथा सदस्य सचिवमा नगर शिक्षा शाखा प्रमुख केदार आचार्यलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक