आत्महत्या रोकथाम बारेमा बन्दीपुरमा अन्तरक्रिया सम्पन्न

Devghat Online

शेयर गरौ

बन्दीपुर, भदौ २५

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मंगलबार बन्दीपुर गाउँपालिकामा आत्महत्या रोकथाम सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।

‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौं, दृष्टिकोण बदलौं’ भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले आत्महत्या एक जटिल समस्या भएको हुँदा यसको रोकथामको लागि सरोकारवालाहरु लाग्नु पर्ने बताए ।

गाउँपालिकाका अध्यक्ष थापाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पन्चमाया गुरुङ, प्रमुख प्रशाशकीय अधिकृत यादवराज आचार्य, इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रमुख, गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख किरण श्रेष्ठ, विभिन्न शाखाका प्रमुखहरु, स्वास्थ्यकर्मीहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख सन्तोष केसी र बन्दीपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले आत्महत्या रोकथामको लागि सरोकारवालाहरुको भुमिकाको बारेमा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु