मुक्ति समाज भानु नगर कमिटिको अध्यक्षमा मझकोटी

Devghat Online

शेयर गरौ

दमौली, पुस १४

नेपाल उत्पिडित जातिय मुक्ती समाज भानु नगर कमिटिको अध्यक्षमा लक्ष्मण मझकोटी चयन भएका छन् । शनिबार सम्पन्न समाजको दोश्रो नगर अधिवेशनले मझकोटीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

कमिटिको उपाध्यक्षद्वयमा सोम लम्साल र फुलमाया विक, सचिवमा शर्मिला विक, कोषाध्यक्षमा रचना नेपाली, उपसचिवद्वयमा भोटबहादुर नेपाली र रेशमबहादुर सार्की रहेका छन् । यस्तै सदस्यहरुमा शुसिला परियार, कृष्ण बहादुर वि.क, शेर बहादुर घिमिरे, सुक बहादुर वि.क, अन्जना मझकोटी, साबित्री विक, आशा विक, रेख बहादुर मझकोटी, गोपाल मग्राती, नानी परियार, भिम बहादुर विक, रामजी बस्याल, बिमला नेपाली, फुलमाया नेपाली, लक्ष्मी नेपाली, लक्ष्मी सुनार, विल बहादुर नेपाली, लुकमान विक, सिताराम नेपाली र इश्वरी नेपाली रहेका छन् ।

उक्त अधिवेशनमा प्रमुख अतिथी नेकपा एमाले केन्दिय सदस्य एवं मुक्ति समाजका केन्द्रिय अध्यक्ष कमरेड मनोहर वि. पौडेल, एमाले केन्द्रीय सदस्य तथा तनहूँ इन्चार्ज केदार सिग्देल, केन्द्रीय सदस्य सविता रसाइली, केन्द्रीय सल्लाहकार परिसद सदस्य एक बहादुर राना, गण्डकी प्रदेश कमिटिका सदस्य तथा मुक्ति समाजका केन्द्रीय सचिव धन बहादुर नेपाली, प्रदेश कमिटिका सदस्य श्रीप्रसाद श्रेष्ठ, जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंल, उपाध्यक्ष राजेश्वर ढकाल, प्रदेश सल्लाहकार परिसद सदस्य तथा मुक्ति समाजका केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज मोहन बिश्वकर्मा, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं मुक्ति समाजका जिल्ला अध्यक्ष भरत लामगादे, नेकपा एमाले भानु नगर कमिटका अध्यक्ष शंकर रानाभाट, वडा सदस्य रचना नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा मुक्ति समाजका भानु नगर संयोजक सोम लम्सालले स्वागत मन्तव्य राखेका थिए भने सन्चालन एमाले भानु नगरकमिटी सदस्य शर्मिला विकले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले