वन पैदावर उद्योग व्यवसायी संघद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, पुस १४

नेपाल वन पैदावर उद्योग व्यवसायी संघ तनहुँले देवघाट गाउँपालिका–४ स्थित जनज्योति आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल गुरुङले आफ्नो वडामा आएर विद्यार्थीहरुलाइ जाडोमा न्यानो कपडा वितरण गर्दा खुसी व्यक्त गर्दै संघ परिवारलाई धन्यवाद दिए । बसाइसराइले गाउँका सामुदायिक विद्यालयमा परेको प्रभावलाई मुल्यांकन गर्दै सरकारले सामुदायिक विद्यालयमा पुर्ण पहुँच नपुगेको समयमा नेपाल वन पैदावर उद्योग व्यवसायी संघले न्यानो कपडा वितरण गर्दा खुसि लागेको वडा अध्यक्ष गुरुङले बताए ।

नेपाल वन पैदावर उद्योग संघले स्थापन कालदेखीनै व्यवसायिक हकहितको लागि मात्र नभइकन सामाजिक क्षेत्रमा, शिक्षा क्षेत्र, वन वातावरण तथा सरसफाइ क्षेत्रमा पनि विभिन्न कार्यक्रम गर्दै आएको नेपाल वन पैदावर उद्योग संघ तनहुँका सदस्य एवम् देवघाट गाउँपालिका वडा न ५ का पुर्व वडा अध्यक्ष याल वहादुर गुरुङले बताए । सामुदायिक विद्यालयमा नेपाल सरकारको पुर्णरुपले पहुँच नपुगेको हुदा यस्ता विद्यालय पहिचान गर्दै सहयोग गरेको र आगामि दिनहरुमा पनि सधै नेपाल वन पैदावर उद्योग संघले सामाजिक, शिक्षा तथा वन वातावरण तथा सरसफाइ क्षेत्रमा काम गरिरहने गुरुङले बताए ।

नेपाल वन पैदावर उद्योग संघका अध्यक्ष दिप वहादुर श्रेष्ठको नेतृत्वमा र नेपाल वन पैदावर उद्योग संघ तनहुँका सदस्य एवम् देवघाट वडा न ५ का पुर्व अध्यक्ष याल वहादुर गुरुङको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा १५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको थियो । सो कार्यक्रममा देवघाट ४ का वडा सदस्य वुद्धीमान भुजेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर वहादुर गुरुङ, नेपाल वन पैदावर उद्योग व्यवसायी संघ तनहुँका बरिष्ठ उपाध्यक्ष सोमराज सिग्देल, नेपाल वन पैदावर उद्योग व्यवसायी संघ तनहुँका कोषाध्यक्ष कृष्णप्रसाद लामिछाने नेपाल वन पैदावर उद्योग व्यवसायी संघ तनहुँका सदस्य बाबुराम पुरी, विद्यालयका शिक्षकहरु सिङ्चाङ सालडाडा टोलबिकासका अध्यक्ष वीर बहादुर राना उपस्थिति रहेको थियो । सो कार्यक्रम नेपाल वन पैदावर उद्योग व्यवसायी सघका अध्यक्ष दिप वहादुर श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको