वन पैदावर उद्योग व्यवसायी संघद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, पुस १४

नेपाल वन पैदावर उद्योग व्यवसायी संघ तनहुँले देवघाट गाउँपालिका–४ स्थित जनज्योति आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल गुरुङले आफ्नो वडामा आएर विद्यार्थीहरुलाइ जाडोमा न्यानो कपडा वितरण गर्दा खुसी व्यक्त गर्दै संघ परिवारलाई धन्यवाद दिए । बसाइसराइले गाउँका सामुदायिक विद्यालयमा परेको प्रभावलाई मुल्यांकन गर्दै सरकारले सामुदायिक विद्यालयमा पुर्ण पहुँच नपुगेको समयमा नेपाल वन पैदावर उद्योग व्यवसायी संघले न्यानो कपडा वितरण गर्दा खुसि लागेको वडा अध्यक्ष गुरुङले बताए ।

नेपाल वन पैदावर उद्योग संघले स्थापन कालदेखीनै व्यवसायिक हकहितको लागि मात्र नभइकन सामाजिक क्षेत्रमा, शिक्षा क्षेत्र, वन वातावरण तथा सरसफाइ क्षेत्रमा पनि विभिन्न कार्यक्रम गर्दै आएको नेपाल वन पैदावर उद्योग संघ तनहुँका सदस्य एवम् देवघाट गाउँपालिका वडा न ५ का पुर्व वडा अध्यक्ष याल वहादुर गुरुङले बताए । सामुदायिक विद्यालयमा नेपाल सरकारको पुर्णरुपले पहुँच नपुगेको हुदा यस्ता विद्यालय पहिचान गर्दै सहयोग गरेको र आगामि दिनहरुमा पनि सधै नेपाल वन पैदावर उद्योग संघले सामाजिक, शिक्षा तथा वन वातावरण तथा सरसफाइ क्षेत्रमा काम गरिरहने गुरुङले बताए ।

नेपाल वन पैदावर उद्योग संघका अध्यक्ष दिप वहादुर श्रेष्ठको नेतृत्वमा र नेपाल वन पैदावर उद्योग संघ तनहुँका सदस्य एवम् देवघाट वडा न ५ का पुर्व अध्यक्ष याल वहादुर गुरुङको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा १५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको थियो । सो कार्यक्रममा देवघाट ४ का वडा सदस्य वुद्धीमान भुजेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर वहादुर गुरुङ, नेपाल वन पैदावर उद्योग व्यवसायी संघ तनहुँका बरिष्ठ उपाध्यक्ष सोमराज सिग्देल, नेपाल वन पैदावर उद्योग व्यवसायी संघ तनहुँका कोषाध्यक्ष कृष्णप्रसाद लामिछाने नेपाल वन पैदावर उद्योग व्यवसायी संघ तनहुँका सदस्य बाबुराम पुरी, विद्यालयका शिक्षकहरु सिङ्चाङ सालडाडा टोलबिकासका अध्यक्ष वीर बहादुर राना उपस्थिति रहेको थियो । सो कार्यक्रम नेपाल वन पैदावर उद्योग व्यवसायी सघका अध्यक्ष दिप वहादुर श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती