देवघाटका प्यारालाइसिसका बिरामी सारु दम्पत्तीलाई एमाले देवघाटको सहयोग

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, पुस २१

देबघाट गाउँपालिका–५ साढेबगर निबासी प्यारालाइसिसका बिरामी ७५ बर्षीय वीर बहादुर सारु र र उनकी पत्नि रेवती सारुलाई नेकपा एमाले देवघाट गाउँ कमिटिले आर्थिक सहयोग गरेको छ ।

बिरबहादुर बिगत नौ बर्ष देखि प्यारलाइसिस भई ओच्छ्यानमा परेको र उनको स्यहार सुसार गर्दै आएकी पत्नि रेवती पनि नौ महिनादेखी प्यारलाइसिसबाट पीडित भएकी छिन् । सारु दम्पत्तीका दुई छोराहरु मध्ये जेठा मानसिक समस्याबाट पीडित छन् भने कान्छा छोराको चार वर्ष अघि रुखबाट लडेर खुट्टामा स्टिल राखेर हिडडुलमा समस्या परेको छ । उनको खुट्टामा राखिएको स्टिल आर्थिक अभावमा अहिलेसम्म निकाल्न नसकेकोमा हालसालै स्थानीय बासिन्दाले चन्दा संकलन गरि खुट्टाको उपचारको लागि अस्पतालमा भर्ना भएका छन् ।

 

घरका सबै सदस्य गम्भिर प्रकृतिको स्वास्थ्य समस्याबाट पीडित भएका सारु परिवारलाई आइतबार नेकपा एमाले देवघाट गाउँ कमिटिले १० हजार ८०५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । एमाले देवघाटको तर्फबाट गन्डकी प्रदेश कमिटिका सल्लाहाकार सदस्य शिवराज पौडेल, निवर्तमान गाउँ कमिटिका अध्यक्ष एवं जिल्ला कमिटि सदस्य केशवचन्द्र न्यौपाने, जिल्ला कमिटिका सदस्यहरु यालबहादुर गुरुङ र सुकलाल गुरुङ, गाउँ कमिटिका उपाध्यक्ष उमेश नैनावस्ती, अनेमसंघ जिल्ला कमिटी सदस्य मिमाया गुरुङ, एमाले कार्यकर्ताहरु बिकास ढकाल, गोपी अछामी, राजु गुरुङ, टेकबहादुर गुरुङ लगाएतको उपस्थिती रहेको थियो ।

 

सारु दम्पत्तीको दैनिकीमा छिमेकीहरुले सहयोग गर्दै आएका छन् । सारु दम्पत्तीको पारिवारिक र आर्थिक अवस्था ज्यादै दयनिय भएको हुँदा उनीहरुलाई सबैले सहयोग गर्नुपर्ने एमाले जिल्ला सदस्य केशवचन्द्र न्यौपानेले बताए । उनले देवघाटको स्थानिय सरकार, राजनीतिक दल तथा अन्य सामाजिक संघ संस्थाहरुले पनि सारु परिवारलाई सहयोग गर्नुपर्ने न्यौपानेले बताए । न्यौपानेले नेकपा एमाले जनताको सुख दुखमा साथमा रहेको हुँदा जनताको पिरमर्कामा एमाले सँधै साथमा रहने बताए । सारु दम्पत्तीलाई यस अघि एमाले जिल्ला सदस्य सुकलाल गुरुङले १५ हजार बराबरको खाद्यान्न र लत्ताकपडा सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को