मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकाको टोलीद्वारा व्यास नगरपालिकाको अध्ययन भ्रमण

Devghat Online

शेयर गरौ

दमौली, पुस २१

मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचनज्यूको नेतृत्वमा ३२ सदस्यीय जनप्रतिनिधि र कर्मचारीहरूको टोलीले व्यास नगरपालिकाको फोहोर व्यवस्थापन तथा अन्य प्रशासनिक र विकास गतिविधिहरूको अध्ययन तथा छलफल सम्पन्न गरेको छ ।

टोलीले व्यास नगरपालिकामा हाल सञ्चालनमा रहेको फोहोर वर्गीकरण कार्यक्रमको निरीक्षण गर्दै त्यसको प्रभावकारिता र विस्तार सम्भावनाबारे जानकारी लिएको थियो । व्यास नगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै रूपमा संकलन गरेर प्रभावकारी तरिकाले व्यवस्थापन गरिरहेको छ, जसले स्थानीय स्तरमै दिगो विकासमा योगदान पु¥याएको छ ।

यी दुई नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय केही महिना पहिले नै भै सकेको छ । यस सम्बन्धले दुई नगरपालिकाका जनप्रतिनिधिहरू र कर्मचारीहरूलाई आपसी अनुभव आदान–प्रदान गर्ने अवसर प्रदान गर्दै दुवै पक्षको समृद्धि र विकासका लागि सहकार्यको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष लालचने व्यास नगरपालिकाको प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले नेपालका विभिन्न स्थानीय तहहरूलाई उत्प्रेरणा दिन सक्ने उल्लेख गरे । व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले पनि भगिनी सम्बन्धमार्फत दुवै नगरपालिकाबीचको सम्बन्ध अझ सुदृढ हुने र व्यास क्षेत्र र मुक्तिनाथ क्षेत्र बीच धार्मिक एवं पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

छलफलपछि टोलीले व्यास नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र र अन्य विकासीय योजनाहरूको अवलोकन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विश्व हिन्दु महासंघ चितवनको गतिविधि प्रति देवघाट क्षेत्र विकासका पुर्व अध्यक्ष पौडेलको आपत्ती

देवघाट, माघ ४ ‘महा–महोत्सवले देवघाटको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्न मद्धत पुग्छ’ देवघाट

समाजबादी प्रेस संगठनका अध्यक्ष सहितका पदाधिकारी प्रेस चौतारीमा प्रवेश

काठमाडौं, माघ ४ समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले

मुख्यमन्त्री समक्ष कृष्ण मोटरमार्ग सहित विभिन्न योजनालाई बजेट माग

दमौली, माघ ३ घिरिङ गाउँपालिकाका जनप्रतिनिधि सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले गाउँपालिकाको मुख्य मार्गको रुपमा