माओबादी केन्द्र भिमादको अध्यक्षमा सिग्देल

Devghat Online

शेयर गरौ

दमौली, पुस २१

नेकपा माओबादी केन्द्र भिमाद नगर कमिटीको अध्यक्षमा पुनः अमृत सिग्देल निर्वाचित भएका छन् । शनिबार भिमाद नगरपालिका–१ किहुँ बडहरभञ्ज्याङ्गमा सम्पन्न भएको नगर कमिटीको दोस्रो अधिवेशनले सिग्देलको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरिएको माओबादी केन्द्रका जिल्ला संयोजक ओमराज आले मदनले जानकारी दिए ।

नगर कमिटीको उपाध्यक्षमा मौषम गैह्रे, दशरथ गैह्रे, तिर्थ सिग्देल, सचिवमा दिनेश सिग्देल सहसचिवमा हुमनाथ सिग्देल र कोेषाध्यक्षमा प्रमिला थापा चयन भएका छन् ।

जिल्ला संयोजक आलेले शनिबार भिमादमा खबरदारी सहित सम्पन्न भएको नगर कमिटीको अधिवेशनसँगै जिल्लाका १० वटै पालिकामा अधिवेशन सम्मन्न भएको बताए ।

पालिका अधिवेशन मार्फत ब्यास नगरपालिकामा गोपाल सुर्खाली, शुक्लागण्डकी नगरपालिका शरण सापकोटा, भानु नगरपालिकामा भरत थापा, ऋषिङ गाउँपालिकामा डम्वर विक, घिरिङ गाउँपालिकामा चुननारायण श्रेष्ठ, म्याग्दे गाउँपालिकामा बालकृष्ण श्रेष्ठ, बन्दिपुर गाउँपालिकामा धुर्वप्रसाद लामिछाने, आँबुखैरेनी गाउँपालिकामा खगराज गौली र देवघाट गाउँपालिकामा भुवन सिं गुरुङको अध्यक्षतामा कमिटी गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको