देवघाट महा–महोत्सवको १२ औं दिनः षटतिला एकादशीको अवसरमा लाखौं भक्तजनद्वारा दर्शन र स्नान (फोटो फिचर)

Devghat Online

शेयर गरौ

देवघाट, माघ १२

देवघाट महा–महोत्सवको १२ औं दिन शनिबार षटतिला एकादशीको पावन अवसरमा पवित्र गण्डकी र त्रिशुलीको संगममा स्नान र देवघाट क्षेत्रको दर्शनका लागि लाखौं भक्तजनको सहभागीता रहेको छ ।

बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको थियो भने मध्यान्हसम्ममा यस संख्या झन् बढ्दै गएको छ । दशमीको साँझदेखि नै भक्तजनहरूको भव्य उपस्थिति देखिएको महोत्सवमा शनिबारको उपस्थितीले विशेष महत्व बढाएको छ ।

मातापिता सेवाश्रम परिसरमा शुक्रबार साँझ ६ बजेबाट नै निरन्तर भण्डारा चलिरहेको छ । आगन्तुक भक्तजनका लागि निशुल्क प्रसाद वितरण भइरहेको छ, जसले भक्तजनहरूलाई सेवा र समर्पणको अद्वितीय अनुभव दिएको छ । हजारौँ भक्तजनले यो भण्डाराको लाभ लिइरहेको आयोजकले जनाएको छ ।

महोत्सवमा आउने भक्तजनहरूको संख्यामा दैनिक रूपमा वृद्धि भइरहेकाले आयोजकहरूले रात्रिकालीन बसोबासका लागि थप २० वटा विशेष क्याम्पिङ टेन्टहरूको व्यवस्था गरिएको छ । यी टेन्टहरू टाढाबाट आएर महोत्सवमा सहभागी भई रातभर बस्न चाहन्छने भक्तजनका लागि उपलब्ध गराइने आयोजकले जनाएको छ ।

देवघाट दिव्यधाम निर्माणका लागि भक्तजनहरूले गर्ने जग शीला पूजाको कार्यमा पनि भक्तहरूको लामो लाइन देखिएको छ । श्रद्धा र भक्तिभावसहित भक्तजनहरूले दिव्यधाम निर्माणमा योगदान पु¥याइरहेका छन् । यो पूजामा सहभागी हुने भक्तजनहरूको संख्या दैनिक रूपमा बढिरहेको आयोजकले जनाएका छन् ।

महोत्सवका अन्य गतिविधिहरू पनि आज विशेष रूपमा सम्पन्न भइरहेका छन् । दिनभर कथा, प्रवचन र भजनकीर्तनका कार्यक्रमहरू चलिरहेका छन् । अनेक प्रवचनकारहरूका अमूल्य सन्देशले भक्तजनहरूलाई धार्मिक ज्ञान र भक्तिमा थप प्रोत्साहित गरिरहेको छ ।

सधा झैँ शनिबार साँझ पनि विशेष कोटी दीप प्रज्वलनको कार्य सम्पन्न हुनेछ । गण्डकी नदीको किनारमा लाखौँ दीप प्रज्वलित गरी विशेष महाआरतीको आयोजना हुनेछ । यो महाआरती माघ महिना भर नै प्रत्येक साँझ ५ बजे हुने गर्छ । गण्डकी नदीको आरतीमा उपस्थित हुने भक्तजनहरूले अलौकिक शान्ति र आध्यात्मिक ऊर्जा प्राप्त गर्ने अनुभव गरेका छन् ।

देवघाट महामहोत्सवको १२औं दिन भक्तिभाव, सेवा, र समर्पणका दृष्टिले उल्लेखनीय भैरहेको छ । षट्तिला एकादशीको पावन अवसरमा लाखौँ भक्तजनहरूको उपस्थितिले देवघाटको महत्वलाई अझ बढाएको आयोजकको दावी छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान