राष्ट्रिय युवा संघ तनहुँको अध्यक्षमा तामाङ

Devghat Online

शेयर गरौ

दमौली, माघ २०

राष्ट्रिय युवा संघ तनहुँको अध्यक्षमा सुरेन्द्र तामाङ निर्वाचित भएका छन् । संघको शनिबार दमौलीमा सम्पन्न दशौं जिल्ला अधिवेशनबाट तामाङ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । शुक्लागन्डकी नगरपालिकाका तामाङ यस अघि संघको उपाध्यक्ष थिए । अधिवेशनले ४५ सदस्यिय जिल्ला कमिटि सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

यस्तै उपाध्यक्षमा शिव आले, सचिवमा सन्तोष राना मगर, उपसचिवहरुमा विकास ढकाल र मनिराज थापा तथा कोषाध्यक्षमा सोमबहादुर तामाङ सर्वसम्मत चयन भएका छन् ।

संघका अध्यक्ष मदन तिमिल्सेनाको अध्यक्षतामा आयोजित उक्त अधिवेशनको नेकपा एमालेका केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघका पुर्व केन्द्रिय अध्यक्ष एवं राष्ट्रिय युवा संघका इन्चार्ज राजिव पहारीले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास