विवेक श्रेष्ठ । ऋषिङ, माघ २०
ऋषिङ गाउँपालिकामा आइतबार आयोजित खुल्ला कौराहा प्रतियोगितामा नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति तनहुँ प्रथम भएको छ । उक्त प्रतियोगितामा ऋषिङ यूवा विकास समाज द्वित्तीय, ऋषिङ सांस्कृतिक समूह ऋषिङ–६ तृतिय तथा कितीया कान्राहा मगर समाज घिरिङ–५ सात्वना भएका थिए ।
कौराहा प्रतियोगितामा प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश ७० हजार, ४५ हजार, २५ हजार र १० हजार रुपैयाँ कर बाहेक नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । बिजयी टिमलाईए गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनुमाथा थापा, प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाई लगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।
ऋषिङबाट उत्पत्ति भएको कौराहा संस्कृति परम्परालाई संरक्षण गर्ने उद्देश्यले ऋषिङ गाउँपालिकाको आयोजनामा खुल्ला कौराह प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो ।