देवघाट, माघ २४
देवघाट गाउँपालिकामा ६५७ जना किशोरीलाई एचपिभि खोप लगाईएको छ । गत माघ २२ गतेदेखी सुरु भएको खोप अभियान देवघाटमा शुक्रबार सम्म चल्ने छ । यो अभियानमा गाउँपालिका भरका ६५७ जना किशोरीलाई एचपिभि खोप लगाईने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीले बताए ।
देवघाटमा कक्षा ६ देखी १० सम्म विद्यालयमा अध्ययन गर्ने ६४८ तथा विद्यालय नजाने १० देखी १४ वर्ष उमेर सम्मका ९ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर निवारण गर्ने एचपिभी खोप लगाईएको बुढाथोकीले बताए । उक्त खोप कार्यक्रम प्रभावकारी रुपमा सन्चालन भएको धर्मार्थ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी शशिकला भट्टराईले बताइन् ।
देवघाट गाउँपालिकाका ५ वटा वडाका १७ वटा खोप केन्द्रमा कक्षा ६ मा अध्ययन गर्ने १३० जना तथा कक्षा ७ देखी १० सम्म अध्ययन गर्ने ५१८ जना गरि ६४८ जना किशोरीलाई एचपिभि खोप लगाइएको बुढाथोकीले बताए । त्यस्तै विद्यालय नजाने ९ जना किशोरीलाई नजिकैको स्वास्थ्य संस्थामा उक्त खोप लगाइने कार्यक्रम रहेको छ । उक्त कार्यकोलागि १७ जना स्वास्थ्यकर्मी र ३४ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको बुढाथोकीले बताए ।