केशवटार माविमा मगर भाषाको पढाइ सुरु

Devghat Online

शेयर गरौ

दमौली, माघ २४

व्यास नगरपालिका र नेपाल मगर संघ व्यास नगर समितिको समन्वयमा व्यास नपा १४ स्थित केशवटार माविमा पहिलो पटक मगरभाषाको पढाई सुरु भएको छ । मगर समुदायका विद्यार्थीहरूलाई मगर भाषा सिकाउने र पुस्तान्तरण अभियानका साथ मगर भाषाको कार्यान्वयनलाई प्राथमिकता दिने उद्देश्यले व्यास नगरमा पहिलो पटक केशवटार माविबाट मगरभाषाको पढाई सुरु गरिएको हो । उक्त विद्यालयमा नेपाल मगर संघले बनाएको नीति र स्थानीय पाठ्यक्रम अनुसार कक्षाहरू सञ्चालन गरिएको छ ।

गत सरस्वती पूजाको अवसरमा तनहुँको केशवटार मावि व्यास १४ केशवटारमा कक्षा १ को पढाइ सुरु भएको हो । मगर भाषाको पाठ्यक्रम र पाठ्यपुस्तकको कार्यान्वयनको व्यासनगर प्रमुख बैकुण्ठनाथ न्यौपानेले उद्घाटन गरेका थिए । उक्त कार्यक्रमको पहिलो चरणमा शिक्षकहरूलाई पाँच दिने तालिम प्रदान गरिएको थियो, जसका बारेमा नेपाल मगर संघ व्यासनगर समितिका अध्यक्ष लिपि कक्षा १ देखि ८ सम्मका पाठ्यपुस्तक निर्माण गर्ने प्रक्रिया र कक्षाहरू सञ्चालन गर्ने बताए ।

मगर भाषा संरक्षणका लागि ब्यास नगरपालिकाले मगर समुदायको बाहुल्यता भएका विद्यालयमा मगर भाषामा पढाइ सञ्चालन गर्ने छ । तालिम प्राप्त शिक्षकहरूले विद्यालयहरूमा मगर भाषामा कक्षाहरू सञ्चालन गर्नेछन् । पठनपाठनलाई सहज बनाउन र प्रभावकारी बनाउन विशेष तालिम प्रदान गरिएको थियो । यस प्रक्रियाले भाषा संरक्षणमा मद्दत पु¥याएको र सिकाइमा प्रभावकारिता ल्याएको नगरपालिकाले जनाएको छ ।

तालिममा मगर भाषाको पाठ्यक्रमको बारेमा याम बहादुर आले, इन्द्र बहादुर आले, अमर थापा, नन्दु थापा, यामलाल थापा, तिलबहादुर थापा र अनुराज थापाले प्रशिक्षण दिएका थिए । तालिममा मगर बाहुल्यता भएका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरूले सहभागिता जनाएका थिए । नेपाल मगर संघ गण्डकी प्रदेशका पूर्व अध्यक्ष सिद्धान्त थापा मगरले भाषा संरक्षणको लागि व्यास नगरपालिकाले चालेको कदम प्रशंसनीय रहेको बताएका छन् । साथै, गण्डकी प्रदेश सरकारले सरकारी कामकाजको भाषा बनाउन लागेको अवस्थामा यस्ता तालिमहरूले भाषा संरक्षणका अभियानलाई टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड सम्पन्न, न्यु भिजन एकेडेमी प्रथम

देवघाटअनलाईन चितवन, मंसिर २७ । संस्थागत विद्यालय संघ चितवनको आयोजनामा दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड