नेपाल राष्ट्रिय शिक्षक संगठनको अधिवेशन फागुन ७ र ८ गते हुने

Devghat Online

शेयर गरौ

दमौली, माघ २७

नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँको १४ औं अधिवेशन यही फागुन ७ र ८ गते दमौलीमा हुने भएको छ । संगठनको हालै बसेको जिल्ला कार्य समितिको बैठकले फागुन ७ र ८ गते दमौलीमा अधिवेशन गर्ने निर्णय गरेको छ ।

संगठनको हालै १० वटै पालिकाको अधिवेशन सम्पन्न भईसकेको संगठनका सचिव बाबुराम रानाभाटले जानकारी दिए । सचिव रानाभाटका अनुसार व्यास नगर समितिको अध्यक्षमा महेन्द्रज्योती माविका फुर्तिमान बस्नेत, भानु नगर समितिको अध्यक्ष प्रभात माविका चिजकुमार सुर्खाली, शुक्लागन्डकी नगर समितिको अध्यक्षमा सरस्वती नमुना माविका नारायण पौडेल र भिमाद नगर समितिको अध्यक्षमा जनज्योती माविका केशरबहादुर खड्का चयन भएका छन् ।

यस्तै गरि देवघाटको अध्यक्षमा आदर्श शिक्षा माविका देउराम सारु, आबुँखैरेनीको अध्यक्षमा रामशाह माविका संगम आचार्य, बन्दिपुरको अध्यक्षमा पवित्रा माविका विष्णुप्रसाद न्यौपाने, म्याग्देको अध्यक्षमा बन्धुरा अधिकारी, ऋषिङको अध्यक्षमा बालविकास माविका दानबहादुर रानाभाट र घिरिङको अध्यक्षमा कृष्ण माविका शिवभक्त सिग्देल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो