प्रेस चौतारी बागमती प्रदेशको अध्यक्षमा चितवनका रिमाल निर्वाचित

Devghat Online

शेयर गरौ

चितवन, फागुन १२

प्रेस चौतारी नेपाल बागमती प्रदेश अध्यक्षमा चितवनका तिलकराम रिमाल चयन भएका छन् । चौतारीको बागमती प्रदेश समितिको सोमबार बिहान नारायणगढमा सम्पन्न भएको दोस्रो अधिवेशनले रिमाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा उज्ज्वल पौडेल, उपाध्यक्ष (महिला) तारा बस्नेत र महासचिवमा प्रकाश दाहाल चयन भएका छन् ।

अधिवेशनले सचिवमा गोविन्द घिमिरे, लक्ष्मण घिमिरे, भोलाराज पौडेल, रूपक कोइराला र समावेशी सचिवमा नवराज श्रेष्ठ र जगमान तामाङलाई सर्वसम्मत रूपमा चयन गरेको हो । उपत्यका बाहेक बागमती प्रदेशका दस जिल्लाका प्रतिनिधि रहेका अधिवेशनले आगामी तीन वर्षको कार्यकालको लागि १७ जना सदस्य चयन गरेको छ ।

सदस्यहरुमा दीपेन्द्र अधिकारी, राजेश घिमिरे, आरती ढकाल, कविराज ढकाल, विवश अधिकारी, राजाराम डङ्गोल, दीपक बिक्रम देउजा, पुरुषोत्तम रिजाल, रविन ढुङ्गाना, दीपा भण्डारी, रविन्द्र भट्टराई, देवराज सुवेदी, रुपक कालिराज, अमिर रामदाम, सुदिप अधिकारी, रामेश्वर रिजाल र सुनिता विष्ट रहेका छन् ।

अधिवेशनको आइतबार उद्घाटन सत्रलाई एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत लगायतले सम्बोधन गरेका थिए ।

यसैविच प्रेस चौतारी नेपाल बागमती प्रदेशको दोस्रो अधिबेशन ९ बुँदे घोषणा–पत्र जारी गरेको छ । “समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारी नेपालको मूल मर्म” भन्ने नाराका साथ आयोजित अधिवेशनले निम्न अनुसारको नौ बुँदे नारायणगढ घोषणापत्र–२०८१ जारी गरेको छ ।

गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनमा बागमती प्रदेश समिति, बागमती प्रदेशका १० जिल्ला समिति र प्रदेशबाट केन्द्रीय समितिमा गठबन्धनको तर्फबाट निर्वाचित केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला शाखाहरूका उम्मेदवारहरूलाई मतदान गर्ने सम्पूर्ण सदस्यलाई यो अधिवेशन हार्दिक आभार प्रकट गर्दछ । साथै, विजयी सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।

यो अधिवेशन नेपाल सरकारले संसदमा दर्ता गरेको “सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्न बनेको विधेयक” नेपाली समाजमा कायम रहेको शिष्टता र मर्यादित बनाउन आवश्यक, समयानुकुल र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको ठहर गर्दछ । साथै प्रेस चौतारी नेपालको अगुवाइ र पहलकदमीमा श्रमजीवी पत्रकारहरूको हित र पेशागत रक्षाको पक्षमा निर्माण भएका कानून, नीति, नियम, निर्णयको कार्यान्वयन एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने संकल्प गर्दछ ।

यो अधिवेशन नेकपा (एमाले) का अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार निर्माण भई ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्ने अभियानमा लागिरहेको सन्दर्भमा सरकारले राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र समृद्धिको पक्षमा गरिरहेको कामको दृढतापूर्वक समर्थन गर्दछ । साथै वर्तमान सरकार र पार्टीको नीति र नेतृत्वविरुद्ध सामाजिक सञ्जाल मार्फत भइरहेको मिथ्या तथा भ्रामक दुष्प्रचारप्रति खेद व्यक्त गर्दै सरकारले गरेको जनमुखी कार्यहरुको बारेमा आम सञ्चार माध्यमबाट जनसमुदाय समक्ष पु¥याउन अधिकतम् योगदान गर्ने संकल्प गर्दछ ।

यो अधिवेशन प्रेस चौतारी नेपालको दशौं महाधिवेशन भव्यताका साथ सफल पार्न सम्पूर्ण पत्रकार एवं शुभेच्छुकहरुलाई हार्दिक अपिल गर्दछ । साथै अधिवेशन हुन बाँकी रहेका अन्य प्रदेशहरुको अधिवेशन सफलताका लागि शुभकामना व्यक्त गर्दछ ।

यो अधिवेशन श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक, विदा, औषधी उपचार, बीमा, उपदानलगायत सामाजिक सुरक्षाको ग्यारेन्टीको माग गर्दै समय सापेक्ष तलब बृद्धिका लागि जोडदार माग गर्दछ । विशेषगरी सरकारी, सामुदायिक र निजी सञ्चारगृहहरुले आआफ्नो सञ्चारगृहमा कार्यरत श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीहरुको सामाजिक सुरक्षा कोषको ग्यारेन्टी गर्न समेत यो अधिवेशन माग गर्दछ ।

यो अधिवेशन पछिल्लो समय श्रमजीवी पत्रकारहरु आफैले सञ्चालन गरेका स्वरोजगार मिडियाको संरक्षण प्रबद्र्धनका लागि समानुपातिक विज्ञापन नीति र स्थानीय स्तरका विज्ञापन तथा सूचना स्थानीय सञ्चारमाध्यमलाई नै उपलब्ध गराउने कानूनी प्रवन्ध गर्न माग गर्दछ । साथै अनलाइन सञ्चारमाध्यहरूलाई पनि लोककल्याणकारी विज्ञापन सहितका सरकारी सूचना तथा विज्ञापन प्रकाशित गर्ने ब्यवस्था गर्न अधिवेशन जोडदार माग गर्दछ ।

देशकै मध्य भाग र नारायणी नदीको काखमा रहेकोे पर्यटकीय नगरी चितवनको नारायणी नदी देवघाट, मेघौली, पटिहानी, हुँदै चितवन राष्ट्रिय निकुञ्जदेखि सौराहाहुँदै चितवनको पहाडी क्षेत्रसम्मको पर्यटकीय रुट विकास गरी यस क्षेत्रको प्रवद्र्धन र नारायणगढ मुग्लिन सडक खण्डको वैकिल्पक मार्गको रुपमा शक्तिखोर–फिस्लिङ सडक खण्डको निर्माण यथासक्य सम्पन्न गर्न स्थानीय, प्रदेश तथा संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

बागमती प्रदेशका पर्यटकीय नगरी नारायणगढमा प्रेस चौतारी नेपाल बागमती प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन भव्यताका साथ सम्पन्न गर्न आतिथ्यता प्रदान गर्ने प्रेस चौतारी नेपाल चितवन जिल्ला समिति, होटल गंगोत्री, नारायणी कला मन्दिर परिवार तथा सरोकारवाला सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक