देवघाटमा नेपालकै ठुलो हनुमानको मन्दिर बनाइने, न्यौपानेको अध्यक्षतामा समिति गठन

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, फागुन १२

तनहुँको देवघाट गाउँपालिका–५ मा नेपालकै ठुलो हनुमानको मुर्ती सहितको मन्दिर बनाइने भएको छ । हालै देवघाटमा भएको भेलाले आमोदिनाथ हनुमानधाम तपस्थली मन्दिर निर्माणको लागि समिति गठन समेत गरेको छ । उक्त समितिको अध्यक्षमा केशवचन्द्र न्यौपाने चयन भएका छन् । भेलाले न्यौपानेको अध्यक्षतामा ११ सदस्यिय समिति गठन गरेको छ ।

देवघाट गाउँपालिका–५ स्थित मधुवन सामुदायिक वन समुहको क्षेत्र भित्र रहेको हनुमान मन्दिरलाई पुननिर्माण गरि नेपालकै ठुलो मन्दिर बनाइने अध्यक्ष न्यौपानेले बताए । निर्माण समितिमा उपाध्यक्ष एलिजा अधिकारी क्षेत्री, महा–सचिव प्रविण कार्की,कोषाध्यक्ष डिल्लीराम गिरी, सचिव भानुभक्त न्यौपाने तथा सदस्यहरुमा विष्णुप्रसाद अधिकारी, टेकबहादुर थापा मगर, विष्णुप्रसाद घिमिरे, चन्द्रमाया श्रेष्ठ,कमला देवकोटा र राधा खनाल रहेका छन् ।

हालको आमोदिनाथ हनुमान तपस्थली मन्दिर मधुवन सामुदायिक वन भित्र परेको हुँदा उक्त मन्दिर पनि मधुवन सामुदायिक वनको कार्ययोजनामा सम्पन्न गर्ने मधुवन सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरीले वताए । सो मन्दिरसम्म जानको लागि सीता सामुदायिक वनबाट पैदल यात्रा र मोटर बाटो रानीवन सामुदायिक वन र मधुवन सामुदायिक वनबाट जाने र बैकल्पिक बाटो जानको लागि रातामाटे सुन्दरबस्ती गाउबाट जान सकिने गिरीले बताए ।

मधुवन सामुदायिक वन भित्र रहेको सीता पाइला, रानीपोखरी, सातभाइ चिहान जस्ता पुराना ऐतिहासिक जस्ता ठाउँहरुलाइ संरक्षण गर्दै हनुमान मन्दिर निर्माण सम्पन्न गरि यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने गिरीले बताए ।

आमोदिनाथ हनुमानधाम तपस्थली मन्दिर २०४८ साल देखि नारानचारी बाबा (फलारी बाबा) ले तपस्या गर्दै आएको र उनै नारानचारी बाबा ८ वर्ष त्यही घनघोर जङ्गलमा जङ्गली जनावरको पर्वाहा नगरी अन्न समेत नखाइ फलफुल मात्र खाई तपस्या गरेको निर्माण समितिका अध्यक्ष न्यौपानेले बताए । उक्त तपस्ता देखेर नारानचारी बाबाको सपनामा नारयण भगवान आई ‘तपाइको तपस्या देखेर म प्रशन्न भएँ, तपाइको साविक ४ मा अत्यन्त हावा चल्ने र त्यँहाको जनजिवन स्तर कम भएको छ ,यहि ठाउँमा पवन पुत्र हनुमानको मुर्ती बनाइ पुजा आराधाना गरेमा हावा कम चल्ने र जनजिवन स्तर बढ्नेछ’ भनेको न्यौपानेले बताए ।

नारनचारी बाबालाई भगवानले सपनामा उक्त कुरा भनेपछि तपस्या गरेको १० वर्षपछि नारानचारी बाबाले स्थानिय समुदायमा यी सपनाको कुरा भनेपछि स्थानीय बासिन्दाहरुले उक्त स्थानमा मुर्ती बनाई स्थानिय स्रोत साधन माटो ढुङ्गा र काठ प्रयोग गरि पुजा आराधना गरेपछि हावा कम चलेको र स्थानिय जनजिवन बढेको महशुस गरेको न्यौपाने बताए । त्यसपछि नारानचारी बाबा देवघाट झरेपछि समय समयमा त्यहाँ गई पुजा आराधना गर्दै गरेको र पछि नारानचारी बाबाको मृत्युु भए पछि अहिले त्यो मन्दिरको ऐतिहासिक महत्वलाई जोगाउन पर्छ भनी त्यस उक्त मन्दिर पुननिर्माण गर्न लागिएको न्यौपानेले बताए ।

जुन ठाउँमा जुन चिज छ त्यस ठाउँमा त्यस चिजको पहिचान गरि व्यवस्थापन गर्न सक्यो भने त्यस ठाउँको महत्व हुने न्यौपानेले बताए । तसर्थ देवघाटमा धार्मिक मठमन्दिरलाई नै व्यवस्थापन गर्न सक्यो भने यस ठाउँको गरिमा बढ्न गई पर्यटकिय क्षेत्र बढाउन सकिने र यहाँको आर्थिक सामाजिक पाटोहरु मजवुत हुँदै जाने हुँदा पछिल्लो समयमा मठमन्दिर निर्माण कार्यमा लागेको न्यौपानेले बताए ।

न्यौपाने हाल भर्जनकालिका मन्दिर निर्माण समितिको अध्यक्ष रहेको र उक्त भर्जन कालिका मन्दिर निर्माणको कार्य अन्तिम चरणमा पुगेको हुँदा चाँडै उक्त मन्दिरको निर्माण कार्य सम्पन्न गरि हनुमानथान मन्दिरको निर्माण कार्य सुरु गरिने न्यौपानेले बताए ।

हनुमान मन्दिरको निर्माण कार्य सुरु नहुँदै मन्दिर मन्दिर निर्माणको लागी सहयोग रकम संकलन सुरु भईसकेको छ । मन्दिर निर्माणको लागि डा.लक्ष्मी कान्त पाण्डेले १ लाख ११ हजार ११, भानुभक्त न्यौपानेले ११ हजार ११, प्रविण कार्की ११ हजार ११, सीता सामुदायिक बनबाट २२ हजार २२ रुपैयाँ, दुर्गालाल गुरुङ पाच हजार पाच सय पाच, याम बगाले पाच हजार पाच सय पाच रुपैयाँ र रामहरि न्यौपानेले पाँच हजार पाँच सय पाँच रुपैयाँ दिने प्रतिवद्धता गरेको सीता सामुदायिक बनका अध्यक्ष भानुभक्त न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक