शुक्लागन्डकी महोत्सवमा जारी पालिका स्तरीय खुल्ला पुरुष भलिबलमा पुतलीबजार र हरिनाश विजयी

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १२

शुक्लागण्डकी महोत्सवको अवसरमा गण्डकी प्रदेश अन्तर पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा सोमवार दुई खेल सम्पन्न भएको छ । स्याङ्जाको पुतली बजार र शुक्लागण्डकी नगरपालिका ‘बी’ बीच भएको पहिलो खेलमा २–१ सेटमा पुतली बजार अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । दोस्रो खेलमा स्याङजाको हरिनाश विजयी भयो । हरिनाशले सोझो सेटमा भिमाद नगरपालिकालाई हराएको खेल व्यवस्थापन समिति संयोजक अमृत घिमिरेले जानकारी दिए । उनका अनुसार मंगलवार ऋषिङ्ग र म्यागदे गाउँपालिकाबीच खेल हुने छ ।

प्रतियोगितामा प्रथम हुने समुहले नगद २ लाख रुपैया, द्धितीयले १ लाख रुपैया, तृतीयले ५० हजार र सान्त्वना हुनेले २५ हजार रुपैया साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउने संयोजक घिमिरले बताए । प्रतियोगितामा १३ समुहको सहभागिता रहेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाईकर, सटर, डिफेन्टर, ब्लकर, कोच र सर्भरलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव फागुन २० गतेसम्म वडा नं. ५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा सञ्चालन भइरहेको छ । आर्थिक समाजिक खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्धन, शुक्लागण्डकी महोत्सव कला सिप र संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ हुने महोत्सवमा विभिन्न जातजातिका साँस्कृतिक एवम् झाँकी प्रदर्शनी, तीनखोलेदेवी, ढोरवाराही मन्दिर दर्शन, रकगार्डेन, दगाम, भूजिकोट भ्यू टावर, भुमे भैरव मन्दिर तथा ऐतिहासिक स्थानथोक दरवार अवलोकन एवम् मिलेनियम ट्रेक पदयात्रालाई निरन्तरता दिइएको छ । साथै ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारद्धारा सांगितिक कार्यक्रम, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी एवम् खरिद विक्रि, कृषि उत्पादनहरुको प्रदर्शनी तथा विक्रि समावेश गरिएको छ ।

महोत्सवमा रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता समेत समावेश गरिएको छ । सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव भएको हो । महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ५ करोड रुपैयाको आर्थिक कारोवार हुने अनुमान छ ।

शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा सोमबार पनि लोकदोहोरी तथा पप गायकको प्रस्तुती रहेको थियो । मंगलबार चर्चित लोकदोहोरी गायिका भुमिका गिरी, तुलशा जिसी, मनु राना, जिवन सिग्देल र पप गायक सन्जिव सिंह रानाले आफ्नो प्रस्तुती राखेको कलाकार व्यवस्थापन समितिका संयोजक सुमन सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती