विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई आबुँखैरेनी गाउँपालिकाद्वारा सम्मान

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २८

आँबुखैरेनी गाउँपालिकाले आठौं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने करिब ३ दर्जन व्यक्तिहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा आँबुखैरेनी गाउँपालिकामा पहिलो पटक उन्नत नश्लको गाईपालन तथा व्यवसायिक कृषिको सुरुवात गरी विगत ३७ वर्षदेखि कृषि क्षेत्रमा योगदान पुर्याउने आँबुखैरेनी–१, बरादीका ईश्वरबावु गौली, व्यवसायिक तरकारी खेती गरी सफल महिला कृषि उद्यमी तारा अधिकारी, शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउने भिमबहादुर गुरुङ, आँबुखैरेनीबासीलाई विगत ४५ वर्षदेखि स्वास्थ्य क्षेत्रमा सहज पहुँच पुर्याउने आँबुखैरेनी–३, का लक्ष्मीप्रसाद कोईराला, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने रत्नबहादुर कुँवर, ग्रामिण कृषि क्षेत्रमा व्यवसायिक तरकारी खेती गर्दै स्वबजारीकरण गरी अनुकरणीय कार्य गर्दै आएकी आँबुखैरेनी–४ की माया सुनारी रहेका छन् ।

त्यसैगरि गाउँपालिका भित्रका सिमान्तकृत चेपाङ्ग समुदायको आर्थिक विकास र शैक्षिक उन्नतीका लागि नेतृत्वदायी भूमिकामा रही महत्वपूर्ण योगदान पुर्याउने आँबुखैरेनी–५, की सुकमाया चेपाङ्ग, गाउँपालिकाको ग्रामिण कृषि क्षेत्रमा जैविक तरकारी खेती गर्दै नवौं तनहुँमहोत्सवको कृषि प्रदर्शनीमा प्रथम स्थान हासिल गर्ने आँबुखैरेनी–५, कीसंगिता गुरुङ गाउँपालिकाको शिक्षा क्षेत्रमा लामो समयदेखि महत्वपूर्ण योगदान पुर्याउने आँबुखैरेनी–३, की सरला थापा, आँबुखैरेनी गाउँपालिकामा प्रथम पटक आधुनिक बेकरी उद्योग सनचालन गरी सफल उद्यमीको रुपमा स्थापित आँबुखैरेनी–३, स्थित कृषि बेकरी, गाउँपालिकाको साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने श्रीराम भट्टराई रहेका छन् ।

त्यसैगरि सम्मानित हुनेहरुमा आँबुखैरेनी गाउँपालिकाको शिक्षा क्षेत्रमा लामो समयदेखि महत्वपूर्ण योगदान पु¥याउने आँबुखैरेनी–१, की सरितादेवी पौडेल, व्यवसायिक सुन्तला खेती गरि एक सफल युवा कृषि उद्यमीको रुपमा स्थापित आँबुखैरेनी–२, का लक्ष्मण थापा, स्वच्छ खानेपानीको पहुँच अभिबृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने आँबुखैरेनी–३, का केशरबहादुर केसी, सशस्त्र प्रहरी बल अन्तर्गत स्वास्थ्य क्षेत्रमा प्रहरी नायव उपरिक्षक पदमा रही निरन्तर राष्ट्र सेवामा अहोरात्र लाग्ने आँबुखैरेनी–३, का डा.शैरभ श्रेष्ठ, साहित्य क्षेत्रमा बिशिष्ट योगदान पुर्याउने आँबुखैरेनी–३, का अनिल श्रेष्ठ, ग्रामिण भेगमा जन्मभई सामुदायिक विद्यालयमा अध्ययन गरी ईन्जिनियरिङ विषयमा विद्यावारिधि गर्दै आएका आँबुखैरेनी गाउँपालिकाका प्रथम ईन्जिनियर आँबुखैरेनी–३, का पृथ्वीमान थापा रहेका छन् ।

त्यसैगरी गाउँपालिकाको दुर्गम क्षेत्रमा अवस्थित विद्यालयको आधारभूत तहको शैक्षिक गुणस्तर अभिबृद्धिमा विगत १८ वर्षदेखि हाल सम्म योगदान पुर्याउने आँबुखैरेनी–६, का तुलबहादुर गुरुङ, आँदीमुल मन्दिरको स्थापनामा अतुलनीय योगदान पुर्याउने आँबुखैरेनी–१, की प्याकुली परियार, लामो समयदेखि होमस्टे क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने आँबुखैरेनी–६, की बाटुली आमा समुह, परम्परागत संस्कृतिको जर्गेना गर्न सफल महिला समुह आँबुखैरेनी–२, स्थित (पञ्चेबाजा) माई छिम्केश्वरी आमा समुह, व्यवसायिक सयपत्री खेती गरी नेपालबाट प्रथमपटक सयपत्री माला कतार निर्यात गरी अन्तराष्ट्रिय बजारमा नेपाली कृषि उपजलाई प्रवद्र्धन गर्ने आँबुखैरेनी–१, स्थित सयसत्री याञ्चोक लघुद्यमी महिला समुह रहेका छन् ।

त्यसैगरी, महिला उद्यमीद्धारा क्रियाशिल भई सरसफाई जन्य पदार्थको स्थानीय उत्पादन तथा बजारीकरणमा निरन्तर लाग्नुभएको आँबुखैरेनी–३, स्थित सरल लघु उद्यमी आमा समुह, योग शान्ति ध्यान मार्फत शारिरिक, मानसिक तथा मनोसामाजिक स्वास्थ्य प्रवद्र्धनमा उल्लेखनिय योगदान पुर्याउने ईन्दिरा पौडेल, समुदायमा योगसाधना मार्फत प्राकृतिक जीवनशैली यापनमा महत्वपूर्ण योगदान पुर्याउने पम्फा श्रेष्ठ, ग्रामिण कृषि क्षेत्रमा व्यवसायिक रुपमा विगत १० वर्षदेखि बेमौसमी तरकारी खेती गर्दै आएका सफल कृषि उद्यमी भक्त बहादुर गुुरुङ लाई सम्मान गरिएको छ ।

त्यसैगरी नवीनतम प्रविधी सहित पुष्पजन्य सजावट र व्यवसाय सन्चालन गर्ने सरिस्मा गुरुङ, रामशाह माविको प्रतिनिधित्व गरी राष्ट्रिय स्तरको कोकाकोला कपमा बिजेता भई आँबुखैरेनीको शान उच्च राख्न सफल २०६३ सालको राष्ट्रिय कोकाकोला कप बिजेता टोली, गित संगित मार्फत लोक गित, दोहोरी गित लगाएतको क्षेत्रमा विशेष योगदान पुर्याउने आँबुखैरेनीको चेली चर्चित गायिका शिला आलेलाई सम्मान गरिएको छ ।

यसैगरी सोही अवसरमा गाउँपालिकाका उत्कृष्ट ६ जना कर्मचारीलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा आँबुखैरेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन डि.बी. क्षेत्री, कृषि शाखा प्रमुख सन्तोष के.सी., कर्मचारी बिमला पौडेल, मिना रेग्मी, नन्द बहादुर मगर र श्रीमाया खनाल रहेका छन् ।

उनीहरुलाई राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने, गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्मा लगायतले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे । सम्मानित हुनेहरुलाई जनही ७ हजार ५ सय रुपैंया प्रदान गरिएको छ ।

कार्यक्रममा संघिय सांसद भगवती न्यौपाने, गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, वडा नं. १ का वडाअध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता प्रेम बहादुर तमु, आँबुखैरेनी क्याम्पसका पूर्व क्याम्पस प्रमुख ऋषि केसी, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक टेक प्रसाद सुवेदी लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए । उक्त अवसरमा बिविध सांस्कृतिक कार्यक्रम अन्तर्गत नृत्य, घाँटु नाच, चुड्का भजन, पञ्चेबाजा प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक