व्यास नपा वडा नम्बर ३ को भवन निर्माणकोलागि जिसस तनहुँको जग्गा उपयोग गर्न दिने मन्त्रीपरिषद्को निर्णय

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २८

मन्त्रीपरिषदको बैठकले व्यास नगरपालिका वडा नम्बर ३ को भवन निर्माणकोलागि जिल्ला समन्वय समिति तनहुँको जग्गा उपयोग गर्न दिने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रीपरिषदको बैठकले जिल्ला समन्वय समितिका नाममा दर्ता रहेको तनहुँ जिल्ला साविक फराकचौर गाविस वडा नं ९ ग को क्षेत्रफल ०–६–०–० (छ आना) सरकारी जग्गा व्यास नगरपालिका–३ को वडा कार्यालय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले गत फागुन २६ गते सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् । वडा कार्यालय भवन नहुँदा वडा नम्बर ३ को कार्यालय व्यक्तिको घरमा भाडामा सन्चालन हुँदै आएको छ ।

सञ्चार मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरूङले सरकारले गरेका २५ वटा निर्णय सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय