तनहुँ । फागुन २९
तनहुँको भिमाद स्थित जनज्योती क्याम्पसमा यही चैत ५ गते हुने स्ववियु निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट उम्मेदबारी दिएका दिपिशा राना र समानुपातिककी उम्मेदबार डिम्पल आलेले आफ्नो नाम फिर्ता लिई अनेरास्ववियुका उम्मेदबार विप्लव भण्डारीको टिमलाई जिताउन अपिल गरेका छन् ।
नेविसंघले आफुहरुको सहमती र इच्छा विपरित सदस्यपदमा उम्मेदबार बनाएको भन्दै सदस्य पदकी उम्मेदबार दिपिशा राना र समानुपातिककी उम्मेदबार डिम्पल आलेले विहिबार निर्वाचन प्रबन्ध समिति समक्ष आफ्नो नाम फिर्ता लिएका छन् । रानाले आफ्नो मन्जुरी बिना करकापमा पारी नेविसंघले उम्मेदबार बनाएको भन्दै प्रतक्ष्य तर्फको सदस्य पदबाट आफ्नो उम्मेदबारी फिर्ता लिएको जनाएकी छिन् । उनले अनेरास्ववियुको टिमलाई जिताउन अपिल गरेकी छिन् ।
यसैगरि समानुपातिककी उम्मेदबार आलेले आफ्नो मन्जुरी बिना नेविसंघले समानुपातिक तर्फ आफ्नो नाम र फोटो राखी प्रचार प्रसार गरेको हुँदा आफ्नो उम्मेदबारी फिर्ता लिएको जनाएकी छिन् ।
जनज्योती क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट अनेरास्ववियुको विरुद्ध नेपाली काँग्रेस निकट नेविंसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी तथा नेकपा एस निकट अनेरास्ववियुले गठबन्धन गरेका छन् ।