नेविसंघले उम्मेदबार बनाएका दुई जनाले नाम फिर्ता लिई अनेरास्ववियुलाई जिताउन अपिल

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २९

तनहुँको भिमाद स्थित जनज्योती क्याम्पसमा यही चैत ५ गते हुने स्ववियु निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट उम्मेदबारी दिएका दिपिशा राना र समानुपातिककी उम्मेदबार डिम्पल आलेले आफ्नो नाम फिर्ता लिई अनेरास्ववियुका उम्मेदबार विप्लव भण्डारीको टिमलाई जिताउन अपिल गरेका छन् ।

नेविसंघले आफुहरुको सहमती र इच्छा विपरित सदस्यपदमा उम्मेदबार बनाएको भन्दै सदस्य पदकी उम्मेदबार दिपिशा राना र समानुपातिककी उम्मेदबार डिम्पल आलेले विहिबार निर्वाचन प्रबन्ध समिति समक्ष आफ्नो नाम फिर्ता लिएका छन् । रानाले आफ्नो मन्जुरी बिना करकापमा पारी नेविसंघले उम्मेदबार बनाएको भन्दै प्रतक्ष्य तर्फको सदस्य पदबाट आफ्नो उम्मेदबारी फिर्ता लिएको जनाएकी छिन् । उनले अनेरास्ववियुको टिमलाई जिताउन अपिल गरेकी छिन् ।

यसैगरि समानुपातिककी उम्मेदबार आलेले आफ्नो मन्जुरी बिना नेविसंघले समानुपातिक तर्फ आफ्नो नाम र फोटो राखी प्रचार प्रसार गरेको हुँदा आफ्नो उम्मेदबारी फिर्ता लिएको जनाएकी छिन् ।

जनज्योती क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट अनेरास्ववियुको विरुद्ध नेपाली काँग्रेस निकट नेविंसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी तथा नेकपा एस निकट अनेरास्ववियुले गठबन्धन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ५ देवघाट गाउँपालिका–५ मा श्रीहरिहर सन्यास आश्रमले सन्चालन गरेको परमानन्द संस्कृत गुरुकुल

आबुँखैरेनीका विभिन्न योजनाको लागि बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण

तनहुँ । बैशाख ५ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरी आगामी

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले