मृगौला पीडित थापाको उपचारको लागि सन्चारकर्मी थापाद्वारा सहयोग संकलन अभियान

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २१

ब्यास नपा–१४, हर्कपुर निबासी ३३ बर्षीया थान कुमारी थापा मृगौला रोगबाट पीडित भएकी छिन् । उनको बिगत १ बर्ष अघि दुवै मृगौला फेल भएको पुष्टि भएको थियो ।

उनी हाल साताको २ पटक मृगौला डाईलसिस् गराईरहेकी छिन् । आर्थिक अवस्था निकै कमजोर रहेकी थापाको उपचारमा आर्थिक अभाव भएपछि व्यास नपा–१४ केशवटार निवासी सन्चारकर्मी भुवन सिंह थापाले आर्थिक संकलन अभियान सुरु गरेका छन् ।

थापाले विभिन्न युट्युव च्यानल र आफ्नो फेसबुक पेजबाट मृगौला पीडित थापाको उपचारको लागि सहयोग रकम उपलब्ध गराउन अनुरोध गर्दै आएका छन् ।

मृगौला पीडित थापालाई उनकी आमाले एउटा मृगौला दिन मन्जुर भएको भन्दै उक्त मृगौला प्रत्यारोपण गर्न पनि धेरै रकम आवश्यक पर्ने हुँदा सहयोग दाताहरुले आफ्नो गच्छे अनुसार सहयोग गर्न सक्ने सन्चारकर्मी थापाले बताएका छन् ।

सहयोग गर्न चहाने महानुभावले बिरामी थान कुमारी थापाको कृषि विकास बैंकमा रहेको खाता नम्बर ०३१६८०१६२१८५६०१९ मा रकम जम्मा गर्न सक्ने र उक्त रकम जम्मा गरेपछि आफुलाई जानकारी गराउन सन्चारकर्मी थापाले अनुरोध गरेका थिए । उनको सहयोगको लागि हालसम्म विभिन्न व्यक्तिले आर्थिक सहयोग गरेको थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू