श्री गण्डकी कोटिहोम महायज्ञको मूल आयोजक समिति गठन हुदै

Devghat Online

शेयर गरौ

पोखरा । चैत २३

पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको मूल आयोजक समिति गठन हुने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरेर मूल आयोजक समिति गठन गर्ने कार्यक्रम रहेको आयोजक मानव सेवा फाउण्डेन नेपाल कास्की शाखाले जानकारी दिएको छ ।

आइतबार बिहान १० बजे मूल आयोजक समिति गठन गर्ने कार्यक्रम रहेको छ । यसको लागि गत चैत्र २१ गते बिहिबार मूल आयोजक समिति गठनका लागि महत्वपूर्ण तथा निर्णायक छलफल गरिसकिएको छ ।

यसैविच पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको संकल्प सभा भोलि गरिने भएको छ । आन्तरिक तयारी करिव अन्तिम चरणमा पुगेसंगै आइतबार संकल्पसभा गर्न लागिएको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन् । भोलि बिहान ठीक १ बजे संकल्प पत्र वाचन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै भोलि नै मूल आयोजक समिति गठन,संञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम कोटिहोम आयोजक समितिको बैठक लगायतको विषयमा पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो