नेपाल मगर संघ देवघाटद्वारा मगर भाषा र संस्कृती संरक्षण सम्बन्धि अन्तरक्रिया आयोजना

Devghat Online

शेयर गरौ

देवघाट । बैशाख २०

नेपाल मगर संघ देवघाटको आयोजनामा मगर भाषा र संस्कृती संरक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रम शनिबार वडा नम्बर २ स्थित करादिप सामुदायिक होमस्टेको हलमा समपन्न भयो । ‘मगर (ढुट) भाषा अक्खा लिपि तथा गगर संस्कार संस्कृति संरक्षण–सम्वद्र्धन र विकास’ विषयमा आयोजित कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले मगरहरुको आफ्नै मौलिक भाषा, संस्कृति र पहिचान भएको बताए ।

उनले मगर भाषा र संस्कृतिलाई जोगाउने मगर जातीहरु नै एकजुट भएर लाग्नुपर्ने बताए । वर्तमान नेपालको निर्माणमा मगर समुदायको महत्वपूर्ण योगदान रहेको भन्दै अध्यक्ष थापाले देवघाट गाउँपालिकामा मगर भाषाको स्थानीय पाठ्यक्रम निर्माण गरि केही वडाहरुमा मगर भाषाको अक्खा लिपिको पढाइ सुरु गर्ने बताए ।

‘मगर इतिहाँस, भाषा, लिपि, धर्म, संस्कृति संरक्षण–सम्वद्र्धन मगरहरुको मुलमन्त्र, मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने मुख्य नाराका साथ आयोजित उक्त कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष मिनबहादुर रानामगर, देवघाट ३ नम्बर वडा अध्यक्ष टेकबहादुर आलेमगर, नेपाल मगर संघ केन्द्रीय निर्वाचन समिती संयोजक सिद्धान्त गर्जामगर, नेपाल मगर संघ तनहुँका उपाध्यक्ष रिमा आलेमगर, एचबी थापा मगर, फलबहादुर आले मगर लगायतले मन्तव्य राखेका थिए ।

नेपाल मगर संघ देवघाट गाउँपालिका कार्य समितिका अध्यक्ष खड्का पामि आलेमगरको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता