कोटीहोममा प्रवचन दिन राधिका दासी पोखरामा

Devghat Online

शेयर गरौ

पोखरा । जेठ १७

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सहभागी हुन भागवत् मञ्जरी राधिका दासी पोखरा आएकी छन् ।

उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कोटीहोमका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्तिजी महाराज सहित आयोजकले भव्य स्वागत गरे ।

राधिका दासीले शनिबारदेखि जेठ २६ गतेसम्म श्रीमद्देवी भागवत कथा वाचन गर्ने प्रचार–प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

भागवत मञ्जरी दासीले इतिहासमा यस्तो सय कुण्ड भएको यज्ञ होमहोमादी हुने ठाउँमा कथा वाचन गर्न आउन पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएकी छन् ।

महायज्ञका सङ्कल्पकर्ता महाराजले आँटेका हरेक गतिविधिमा पूर्णरूपमा साथ दिँदै आएकी कथा वाचिका देवी प्रतिभा र राधिका दासीको कोटीहोम आगमनले आफूलाई उर्जा मिलेको बताए ।

देवी प्रतिभालाई बहिनीको रूपमा र राधिका दासीलाई माताको रूपमा सम्बोधन गर्दै आएका महाराजजीले देवी र माताको प्रवचन श्रवण गर्ने अवसरलाई सदुपयोग गर्न आग्रह गरे ।

राष्ट्रिय भजन प्रतियोगिता समापनतर्फ

कोटीहोममा आयोजित राष्ट्रिय भजन प्रतियोगिताको समापन शनिबार हुनेछ । संयोजक प्रजापति पराजुलीका अनुसार प्रतियोगितामा तीन सय पाँच टिमले सहभागिता जनाएका छन् । शुक्रबारसम्ममा दुई सय ५२ टिमले आआफ्ना भजन प्रस्तुति राखिसकेको उनले बताए । विभिन्न कारणले केही सहभागी टिम आउन नसकेको उनले बताए ।

प्रतियोगितामा प्रथम हुनेले तीन लाख ५१ हजार पाँच सय पाँच, द्वितीय हुनेले दुई लाख ५१ हजार पाँच सय पाँच, तृतीय हुनेले एक लाख ५१ हजार पाँच सय पाँच र सान्त्वना स्थान हासिल गर्नेले ६५ हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

छ सय ५० युनिट रगत संकलन

कोटीहोममा आयोजित खुला रक्तदान कार्यक्रम जारी छ । हालसम्म छ सय ५० युनिट रगत संकलन भएको आयोजकले जनाको छ । प्रचण्ड गर्मीको कुनै प्रवाह नगरि कोटीहोममा सहभागीले रक्तदान गरेका हुन् । कोटीहोम समापनसम्ममा एक हजार बढी युनिट रगत संकलन हुने अपेक्षा गरिइएको छ ।

शिवको मूर्ति र शिवलिङ्ग आकर्षण

कोटीहोममा सहभागी हुने भक्तजनको आकर्षणको केन्द्रविन्दु विशाल शिव मूर्ति र शिव लिङ्ग हुने गरेको छ । यसमा भक्तजनको मात्र होइन धेरैको ध्यान खिचेको छ । शिव मूर्ति र शिव लिङ्गको अगाडि बसेर फोटो खिच्नेको भिड नै लाग्ने गरेको छ ।

सामाजिक सञ्जालमा पनि शिव मूर्ति र शिव लिङ्गको धेरैले प्रशंसा गरेको प्रचारप्रसार संयोजक ढकालले जानकारी दिए । शिव लिङ्ग एक करोड थान रुद्राक्षबाट बनाइएको छ । यस प्रकारको शिव लिङ्ग अन्यत्र कहीँ पनि नबनेको आयोजकको दावी छ । शिवमूर्ति निकट भविष्यमा स्याङ्जामा राख्ने तयारी भइरहेको छ ।

यस्तै एक सय हवन कुण्डले पनि भक्तजनको ध्यान खिचेको छ । राधिका दासीले पनि हवन कुण्डको निकै प्रशंसा गरेकी छन् । एक सय हवन कुण्ड एकै स्थानमा कहीँ पनि नभएको उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सम्पत्ति छानबिन आयोगमा क–कसले सम्पत्ति विवरण बुझाउनुपर्छ ?

काठमाडौं । बैशाख ३१ सम्पत्ति छानबिन आयोगले दायरामा परेका सार्वजनिक पदाधिकारीहरुलाई एक महिनाभित्र सम्पत्ति विवरण