अपाङ्गता गणक सम्बन्धी तालिम आयोजना

Devghat Online

शेयर गरौ

विष्णु मगर । जेठ २९

नेपाल नेत्रहिन संघ काठमाडौंको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको गणना गर्ने प्रयोजनले गणकहरुको लागि तिन दिने तालिम ऋषिङ गाउँपालिकामा सुरु भएको छ ।

नर्वेजियन एसोसियसन अफ द ब्लाइण्ड एण्ड पार्टिशियल्ली साईटेडसँगको सहकार्यमा तनहुँको ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकाका सबै वडामा रहेको दशै प्रकारका सबै अपाङ्गता भएका व्यक्तिहरुको गणना गर्ने उद्देश्यले छनौट भएका गणकहरुको लागि उक्त अभिमुखीकरण तालिम आयोजना गरिएको हो ।

एक्सन फर इन्क्लुसिभ डेभलपमेन्ट परियोजना अन्तर्गत स्वास्थ्य तथा पुनस्थापना कार्यक्रमका सेवाहरु विस्तार गर्ने प्रयोजकले अपाङ्गता गणना मार्फत घरधुरी सर्भेक्षण गर्न लागिएको उक्त परियोजनाका अनित गुरोले बताए ।

उक्त तालिमको ऋषिङ गाउँपालिकाकी उपाध्यक्ष गिनु थापा मगरले उद्घाटन गरेकी थिइन् । उक्त अवसरमा बोल्दै उपाध्यक्ष मगरले स्थानीय तहसँग समन्वय गरि काम गर्दा सहज हुने मगरले बताइन् । कुनै पनि व्यक्ति रहरले अपाङ्गता नहने भन्दै उनले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको पनि सम्मान र संरक्षण गर्नुपर्ने बताइन् ।

सो कार्यक्रममा नेपाल नेत्रहिन संघ समाावेशी विकासको लागि कार्यका फिल्ड अफिसर प्रेम महर्जनको अध्यक्षतमा भएको थियो । सो कार्यक्रममा १८ जना गणकहरु सहभागी रहेका छन् । उक्त तालिममा फिल्ड अफिसर प्रेम महर्जन लगायतले अभिमुखीकरण तालिम दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता