देवघाटका समाजसेवी छविजंङ्ग रास्वपामा प्रवेश

Devghat Online

शेयर गरौ

सफल शर्मा । देवघाट, असार १

देवघाट गाउँपालिका वडा नम्बर २ का समाजसेवी छविजङ्ग ठकुरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

ठकुरीलाई केही दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहुँ क्षेत्र नम्बर १ का सांसद डा.स्वर्णिम वाग्लेले पार्टीमा प्रवेश गराएका थिए ।

पुर्व ब्रिटिस शैनिक समेत रहेका ठकुरी हाल गैंडाकोट नपा-३ को ढोडेनीमा कृषि फर्म तथा रिसोर्ट सन्चालन गरेका छन् । देवघाटको वडा नम्बर २ र ३ मा राम्रो प्रभाव रहेका छविजङ्गको रास्वपा प्रवेशलाई आगामी स्थानीय तहको निर्वाचनसँग जोडेर हेर्न थालिएको छ । ठकुरी आगामी स्थानीय तहको निर्वाचनमा रास्वपाबाट देवघाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बन्ने गरि प्रवेश गरेको अनुमान गरेका छन् ।

केही दिन अघि रास्वपा उपसभापति डा.वाग्लेको उपस्थितिमा देवघाटका विभिन्न वडाबाट विभिन्न पार्टीबाट एक सय भन्दा बढि रास्वपामा प्रवेश गरेका छन् । ‘घर घरमा रास्वपा’ भन्ने नाराका साथ घरदैलो कार्यक्रममा वार्ड नम्बर १ बाट ३१ जाना वार्ड नम्बर २ बाट ३५ जाना वार्ड न ४ बाट २५ जाना रास्वपा मा प्रवेश गरेका थिए । वार्ड ३ मा केही दिनमै कार्यक्रम गरि पार्टी प्रवेश गराईने भएको छ ।

उक्त कार्यक्रममा रास्वपा तनहुँका संयोजक विश्व बास्तोला लगायत रास्वपा तनहुँ र देवघाटका नेताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती