माओवादी केन्द्रद्वारा शुक्लागण्डकी नगरपालिकालाई बजेटका विषयमा सुझाव

Devghat Online

शेयर गरौ

तनहुँ । असार ५

नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटिले आगामी आर्थिक वर्षको बजेट लिएर नगरलाई विभिन्न सुझाव दिएको छ । बुधवार नगर प्रमुख कृष्णराज पण्डितलाई नगर कमिटिका अध्यक्ष सरन सापकोटाले नितिगत, योजनागत, सेवा प्रवाह तथा सुशासन, भुमिहिन सुकुम्बासी लगायतका विषयमा सुझाव दिएको हो ।

आर्थिक वर्ष २०८२/०८३ कोलागि प्रस्तुत हुने निति, योजना तथा बजेटमा पेश गरिएका सुझावलाई समावेश गर्न आग्रह गर्दै सुझाव पेश गरिएको सापकोटाले जानकारी दिए । माओवादी केन्द्रले कक्षा १२ सम्म निशुल्क शिक्षा र कक्षा ८ सम्मको अनिवार्य तथा निशुल्क कार्यान्वयन भइरहेकोमा थप नतिजा केन्द्रित हुनुपर्ने र डिजिटल प्रविधिम प्रवद्धनमा जोड दिएको छ । हरेक नागरिकलाई स्वास्थ्य विमामा अनिवार्य समावेश गर्ने र विपन्न दलित नागरिकको हकमा नगरपालिकाले निशुल्क विमामा आवद्ध गराउन सुझाव दिइएको छ ।

पूर्वाधारतर्फ हलेदीस्थित सहिद स्मृति पार्कलाई नगर गौरवको योजनाको रुपमा विकास गर्न, पुराना कच्ची सडकलाई बाह्रै महिना सञ्चालन हुनेगरी स्तरोन्नती गर्न, नगरस्तरीय रंगशाला निर्माणको कामलाई यथाशिघ्र अघि बढाउनुपर्ने, हर्कपुर मोटरमार्गको शुरुको विन्दु मापदण्ड अनुसार अगाडी बढाउनुपर्ने लगायत विषय समेटिएको छ । नगरका सेवाहरु डिजिटल प्रविधिमार्फत सञ्चालन गर्नुपर्ने, उपभोक्ता माफृत निर्माण गरिने निर्माण कार्यको भुक्तानी प्रक्रिया सरल र सहज बनाउनुपर्ने सुझाव दिइएको छ ।

केन्द्रले प्रदान गरेको सुझाव पत्र बुझ्दै नगर प्रमुख पण्डितले महत्वपूर्ण योजनाहरुलाई समावेश गर्ने प्रतिकृया दिए । कार्यक्रममा नगर उपप्रमुख खुम बहादुर विक राजु, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय