महिलाको अधिकार सूनिश्चित काँग्रेसको नेतृत्वमा– केन्द्रीय सदस्य भट्टराई

Devghat Online

शेयर गरौ

तनहुँ । असार ७

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले बर्तमान संविधानको बिरोध गर्नेलाई खबरदारी गर्नुपर्ने बताएका छन् । नेपाल महिला संघ व्यास नगर समितिको चौथों अधिवेशनको शनिबार उद्घाटन गर्दै भट्टराईले हालको संविधान विश्वकै उत्कृष्ट भएको बताए ।

वर्तमान संविधानले महिलालाई अधिकार दिएको उल्लेख गर्दै केन्द्रीय सदस्य भट्टराईले महिलालाई गाउँको वडाको सभापति मात्रै हैन देशको राष्ट्रपति र प्रधानमन्त्री बनाउने बाटो बनाउने संविधानले दिएको बताए । महिलाको अधिकार स्थापित गर्न नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका खेलेको भट्टराईको भनाई थियो ।

नेपाली काँग्रेसको सबैभन्दा पुरानो भातृसङ्गठन नेपाल महिला संघ भएको स्मरण गर्दै उनले महिलालाई संविधानमा लेखेर अधिकार दिने पार्टी काँग्रेस भएको दाबी गरे । सबैभन्दा पहिला द्धारिका देवी ठकुरानीलाई मन्त्री बनाएर नेपाली काँग्रेसले महिललाई सम्मान र अधिकार दिएको भट्टराईले बताए ।

कार्यक्रममा नेपाली नेपाली काँग्रेसका निर्वतमान सभापति वैकुण्ठ न्यौपाने, उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ, गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, नेपाल महिला सङघ तनहुँकी सभापति पवित्रा पौडेल, व्यास नगर सभापति इन्दिरा दरै लगायतले महिलाको अधिकार थप हुँदै गएको र महिलाको जनसंख्याको आधारमा सोही अनुसारको पद र जिम्मेवारी बाँडफाँड गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्रः दण्डहीनताको अन्त्य र पीडितको न्याय सुनिश्चित गर्न जोड

​पोखरा । साउन १ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको अगुवाइ तथा नेपाल पत्रकार