घिरिङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको निशुल्क स्वास्थ्य विमा गर्ने

Devghat Online

शेयर गरौ

तनहुँ । असोज १२

घिरिङ गाउँपालिकाले गाउँपालिका भित्र रहेका ग र घ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त गरेका अपाङ्गता भएको व्यक्तिहरुको निःशुल्क स्वास्थ्य विमा सन्चालन गर्ने भएको छ ।

घिरिङ गाउँपालिकाको स्थानिय अपाङ्गता समन्वय समितिको मिति गत भदौ १९ गते बसेको बैठकको निर्णय अनुसार आ.ब. २०८२÷०८३ को बजेटको अपाङ्गता लक्षित कार्यक्रम अन्तर्गतको विनियोजित बजेटबाट गाउँपालिका भित्र रहेका ग र घ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त गरेका अपाङ्गता भएको व्यक्तिहरुको निःशुल्क स्वास्थ्य विमा सन्चालन गर्ने निर्णय गरिएको थियो ।

गाउँपालिकाले स्वास्थ्य विमाका अभिकर्ताहरुलाई ग र घ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त गरेका अपाङ्गता भएको व्यक्तिहरुको स्वास्थ्य विमा गर्दा कुनै शुल्क नलिन निर्देशन दिएको छ । गाउँपालिकाका अनुसार घिरिङ गाउँपालिकाभरी ग वर्गका ५९ जना र घ वर्गका १७ जना अपाङ्गता परिचयपत्र प्राप्त गरेका नागरिकहरु रहेका छन् ।

स्वास्थ्य विमा कार्यालय तनहुँमा पालिकाबाट रकम भुत्तानी गर्ने क्रममा सम्बन्धित अपाङ्गता परिचयपत्र नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र आदि कागजातहरुको फोटोकपि असोज मसान्त भित्र पालिकामा उपलब्ध गराउन पनि गाउँपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

तनहुँ । साउन १० व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन