तनहुँ । कार्तिक १२
जिल्ला प्रहरी कार्यालयले सवारी दुर्घटना न्युनीकरणको लागि साप्ताहिक कार्यक्रम सन्चालन गरेको छ । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने मुग्लिन–कोत्रे सडकखण्डमा सडक निर्माण कार्य समेत भइरहेकोले सवारी दुर्घटना बढ्दै गइरहेकोले सवारी दुर्घटनाको दरलाई कम गरी हुनसक्ने मानवीय एवं भौतिक क्षतिलाई कम गरी सवारी दुर्घटना न्यूनीकरण गर्न, अपराधिक क्रियाकलापको रोकथाम तथा गैह्रकानूनी अबैध ओसारपसार नियन्त्रण गर्नका लागि उक्त कार्यक्रम सन्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक कार्यालयबाट संयुक्त रुपमा कार्तिक १२ गते बुधबारबाट जिल्लाका विभिन्न ४ स्थानमा दैनिक सन्चालन हुने गरि साप्ताहिक बिशेष सवारी दुर्घटना न्यूनीकरण कार्यक्रम संचालन शुरुवात गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त अभियानमा सवारी चालक एवं सडक प्रयोगकर्तालाई निम्न बिषयहरुमा बिशेष सचेतना अपनाउन अनुरोध एवं सचेतना कार्यक्रम गरिने छ ।
सचेतना कार्यक्रम घाँसिकुवा, कोत्रे बजार, भन्सार चोक, भानु र आँबुखैरेनी बजारमा प्रत्येक दिन बिहान ७ देखी ९ बजेसम्म र दिउँसो ३ देखी ५ बजेसम्म सन्चालन गरिनेछ । उक्त कार्यक्रममा तिब्र गतिमा सवारी साधन नचलाउन, दुर्घटनाबाट सुरक्षित रहन, सडक स्तरोन्नती हुदै गरेकोले कतिपय स्थानहरुमा डिभाईडर राखि ब्लक गरेको हुँदा विपरित दिसाबाट आउन सक्ने भएकोले सचेत भएर सवारी साधन चलाउन, तथा ओभरटेक गदा लेन अनुशासनको पालना गरी निश्चित भएर मात्र ओभरटेक गर्न अनुरोध गरिनेछ ।
त्यसैगरि जेब्राक्रसमा सवारी साधनको गति कम गर्न, सकेत बोर्डहरुमा हेरी सवारी साधन चलाउन, मापसे र लापसे गरी सवारी साधनहरु नचलाउन, छिटो गए भन्न सकिन्न ढिलो गए अबश्य पुगिन्छ भन्ने बिषयलाई ध्यान दिई सवारी चलाउन, तथा आफ्नो चार पांग्रे गाडीलाई रोकी चालक र यात्रुलाई सम्झाई बुझाइ गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।












