जिल्ला प्रहरी कार्यालयद्वारा तिन महिनामा १२७ मुद्धा दर्ता, ९४ प्रतिबादी पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक १२

जिल्ला प्रहरी कार्यालय तनहुँले आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकमा १२७ थान मुद्धा दर्ता गरेको छ । यो अवधिमा दर्ता भएका ति मुद्धा मध्ये ६० फस्र्यौट र ६७ मुद्धा अनुसन्धानको क्रममा रहेको छ । जिल्ला प्रहरी कार्यालयले पहिलो तिन महिना (साउन, भदौ र असोज) मा सम्पादित कामहरुको बारेमा दिएको जानकारी अनुसार यो अवधिमा ९४ जना प्रतिबादी पक्राउ गरिएको छ । फरार अभियुक्त तर्फ २० जना पक्राउ गरिएको छ । उनीहरुबाट ९ लाख ८६ हजार ५ सय रुपैयाँ जरिवाना तथा १७ महिना १६ दिन कैद असुल गरिएको छ ।

लागु औषध तर्फ यस अवधिमा १२ वटा मुद्धा दर्ता गरिएको छ । लागु औषधका १७ आरोपित पक्राउ गरिएको छ । त्यस्तै ६ रोपनीमा लगाईएको गाँजा खेती फडानी गरिएको छ । विपद तर्फ यो तिन महिनाको अवधिमा पानीमा डुबी १ जनाको मृत्यु भएको छ भने करेन्ट लागी ४ र पानीमा डुबेर २ गरि ६ जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोमा परि ४ वटा पशु चौपायको मृत्यु भएको छ । त्यस्तै ३ आगलागीको घटना पनि यो अवधिमा भएको छ ।

त्यसैगरि सवारी साधन कारवाही तर्फ यो अवधिमा ५ हजार ३४ वटा सवारी साधनलाई कारवाही गर्दा ४४ लाख ५९ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ । पाँच वटा अवैध नदीजन्य कारवाही हुँदा ७४ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यस अवधिमा १८१ वटा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २७० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी तथा सुचना अधिकारी श्रवणकुमार विकले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण