बन्दीपुर अस्पतालको सेवा डुम्रेमा बिस्तार

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ११

बन्दीपुर अस्पतालको सेवा विस्तार भएको छ । डुम्रेमा खोलिएको अस्पतालको शाखाबाट विहिबारबाट ओपिडिसेवा सुरु भएको बन्दीपुर अस्पतालले जनाएको छ ।

बन्दीपुर गाउँ कार्यपालिकाको गत कार्तिक २६ गतेको बैठकले वडा नम्बर ४ स्थित बन्दीपुर अस्पतालको श्रोत साधन तथा जनशक्तिद्वारा बन्दीपुर गाउँपालिका वडा नम्बर ४ डुम्रेबाट सेवा विस्तार गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार डुम्रेबाट बन्दीपुर अस्पतालको ओपिडिसेवा सुरु गरिएको बन्दीपुर अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा.अनिल गिरीले बताए ।

अस्पतालको सेवा शुभारम्भ गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने नीति अनुसार डुम्रे बजार बन्दीपुर अस्पतालको सेवा प्रदान गरिएको बताए ।

विहिबारबाट दैनिक रुपमा कर्मचारीहरु सरसफाई विशेष र ब्यवस्थापन गर्ने गरि ड्युटी रोष्टर तोकिएको र अर्को सातासम्म एक चरणको स्ट्रक्चरल लेआउट ब्यवस्थापन गरिने बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरीले बताए ।

बन्दीपुर अस्पतालमा हाल स्थायी २८ जनाको दरबन्दीमा हाल २३ जना कार्यरत रहेको र बन्दीपुर अस्पतालको सेवा बिस्तार शाखाका लागि समेत थप दरबन्दीको १७ जनामा हाल ११ जना कार्यरत रहनुभएको डा.गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका

प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामः तनहुँका दुबै क्षेत्रमा रास्वपाको सानदार जित

तनहुँ । फागुन २३ प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत तनहुँको दुबै निर्वाचन क्षेत्रको मतगणना सकिएको