एमाले महाधिवेशन प्रतिनिधि छनौटः तनहुँ क्षेत्र नम्बर १ मा निर्वाचन, क्षेत्र नम्बर २ मा सर्वसम्मत

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर १३

नेकपा एमालेको आसन्न ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट अन्तर्गत शनिबार देशभर निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । देशका सबै निर्वाचन क्षेत्रमा शनिबार एकै दिन प्रतिनिधि छनौटको कार्यक्रम सम्पन्न भएको छ ।

यसैक्रममा तनहुँको दुबै निर्वाचन क्षेत्रमा पनि शनिबार प्रतिनिधि छनौटको कार्यक्रम सम्पन्न भयो । तनहुँ क्षेत्र नम्बर १ मा निर्वाचन भएको छ भने क्षेत्र नम्बर २ का सबै पदमा सर्वसम्मत प्रतिनिधि छनौट भएको छ ।

क्षेत्र नम्बर १ का सबै पालिकामा शनिबार दिउँसो १ बजेदेखी पाँच बजेसम्म निर्वाचन भएको छ । क्षेत्र नम्बर १ को सबै क्लष्टरमा निर्वाचन भएको छ । निर्वाचनमा देवघाटमा १२३ मत, आबुँखैरेनीमा ८० मत, बन्दीपुरमा २४८ मत, भानुमा ४४७ मत र व्यास नगरपालिकामा (५ र ६ नम्बर वडा बाहेक) २६८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

क्षेत्र नम्बर १ मा २ खुल्ला प्रतिनिधिको लागि हरिराज कडेंल, श्रीराम कार्की, रामबहादुर गुरुङ, घनश्याम श्रेष्ठ, पुर्णबहादुर गुरुङ र प्रेमकुमार राना उम्मेदबार रहेका थिए । त्यसैगरि २ महिला प्रतिनिधिको लागि मनुमाया श्रेष्ठ, देवु विष्ट, रुपा तामाङ र फुलमती थापा उम्मेदबार रहेका थिए । त्यस्तै ४० वर्ष मुनिका एक युवा प्रतिनिधिकोलागि मदन तिमिल्सेना, सोमबहादुर तामाङ र सरु कुमाल उम्मेदबार रहेका थिए । क्षेत्र नम्बर १ को सबै पालिकाका मत पेटिका जिल्ला पार्टी कार्यालयमा ल्याएर राती ९ बजेपछि मतगणना हुनेछ । मत परिणाम आइतबार बिहानसम्म आउने बताईएको छ ।

यता क्षेत्र नम्बर २ मा भने सबै क्लष्टरमा सर्वसम्मत प्रतिनिधि चयन भएको छ । उक्त क्षेत्रमा खुल्ला तर्फ श्रीप्रसाद श्रेष्ठ म्याग्दे, राजेश्वर ढकाल ऋषिङ र विष्णुभक्त सिग्देल घिरिङ, महिला तर्फ बिर्सना श्रेष्ठ शुक्लागन्डकी र विष्णुमाया अधिकारी पराजुली शुक्लागन्डकी तथा ४० वर्ष मुनीका युवा तर्फ उज्वल खनाल भिमाद प्रतिनिधि चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय