नेपाली सेनाको चौंथो ऐतिहासिक गोरखा–जितगढी पदयात्रा सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २८

ऐतिहासिक महत्वका स्थानहरुको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाको आयोजनामा शुक्रबारदेखी चौंथो ऐतिहासिक गोरखा–जितगढी पदयात्रा सुरु भएको छ ।

पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचार गर्दै कोट, गढी, किल्लाहरुको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउनुका साथै एकीकरण अभियानको संरक्षण सम्बन्धी अभियान भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले चैत २८ गतेदेखि बैशाख ७ गते सम्म पदयात्रा हुने नेपाली सेनाले जनाएको छ ।

शुक्रबार विहान गोरखा दरवारदेखि सुरु भयृ जितगढीसम्म पुग्ने उक्त ऐतिहासिक एकीकरण पदयात्राको टोली शुक्रबार साँझ तनहुँको भानु आईपुग्यो । सो टोली शनिबार भानुको विभिन्न स्थान हुँदै शनिबार साँझ तनहुँसुर दरबारमा बस्यो । भन्सारबाट २८ गते प्रस्थान गरेको टोली तनहुँकै भिमसेन गढी हुँदै बाङ्गेरह, सेपाबगैँचा, टुहुरेपसल हुँदै शनिबार साँझ तनहुँसुर पुगेको थियो ।

उक्त टोलीमा नेपाली सेनाका सेनानी रोशन अधिकारीको कमाण्डमा ३५ जनाको टोली सहभागी छन् । गोरखाको टोलीले पालुङटारको सतिघाट हुदै तनहुँको भानु आइपुगेर तनहुँलाई झण्डा र टर्च हस्तान्तरण गरेको थियो । तनहुँले पाल्पालाई र पाल्पाले रुपन्देहीलाई झण्डा र टर्च बुझाउने छन् ।

हाम्रा बीर पुर्खाहरुले प्रदर्शन गरेका बहादुरी, देशको स्वाधनिताको रक्षार्थ प¥याउनु भएको योगदान र बीरताको जानकारी अहिलेको युवा पुस्ता विशेषगरी विद्यार्थीहरुलाई जानकरी गराउनु आवश्यक रहेको भन्दै नेपाली सेनाले राष्ट्रिय एकताको भावना जागृत हुनेगरी नेपाली सेनाको अगुवाइमा ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल पदमार्ग लगायत धरोहरको संरक्षण, सम्बद्र्धन गर्ने उद्देश्यसहित पदयात्रा गर्न लागिएको हो ।

तनहुँसुरबाट पदयात्रा टोली दमौली चापाघाट, खैरेनीटार व्यारेक हुँदै तनहुँकै घिरिङ गाउँपालिकाको धेनुङ देउराली पुग्नेछ । वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीदेखि जीतगढीसम्म पुग्ने कार्यक्रम रहेको छ । पदयात्रामा बाजागाजा, राष्ट्रिय झण्डा तथा एकीकरणको दौरानमा स्थापना भएका पाँच प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) र जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा समावेश गरिने नेपाली सेनाले जनाएको छ । गोरखादेखि जितगढीसम्मको दूरी ३ सय ५ किलोमिटर रहेको छ । नेपाली सेनाले हरेक वर्ष गोरखा–जितगढी पदयात्रा गर्दै आएको छ ।

पृथ्वीनारायण शाहले ई.सं. १७४३ मा गोरखा राज्यको राज्योरोहण पश्चात् पुर्व तर्फको एकीकरण अभियान शुरू गरेका थिए । तत्कालिन प्रधानमन्त्री भीमसेन थापाको समयमा पाल्पा राज्यलाई नेपाल राज्यमा एकीकरण गरिनुको साथै नेपालको सिमाना पूर्वमा भारतको टिष्टा नदी र पश्चिममा सतलज नदीसम्म पु¥याउन नेपाली सेना सफल भएको थियो ।

ई.सं. १८१४ मा भएको नेपाल अंग्रेज विरुद्ध जितगढीको लडाईमा अंग्रेजको दोस्रो प्रयासलाई नेपाली सेनाका ५ वटा प्रथम कम्पनिको फौजले रणकौसलता पूर्वक विजय हासिल गरेका तथा युद्धमा विरता देखाएका विर योद्धा कर्णेल उजिर सिंह थापाको नेतृत्वमा अग्रेजलाई हराएका दिन विजय उत्सवको रुपमा मनाउने तथा ईतिहासका गौरवशाली विम्ब र धरोहरहरुलाई समवर्दन तथा प्रवद्र्धन गर्नुका साथै ईतिहासलाई दिर्घकालिनको रुपमा जिवन्त राख्न गोरखा–जितगढी पदयात्रा कार्यक्रमको थालनी भएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र