अनलाइन मिडिया र सामाजिक सञ्जालमा भ्रामक र तथ्यहित सामाग्री नराख्न सरकारको चेतावनी

Devghat Online

शेयर गरौ

काठमाडौं । बैशाख ९

सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको छ । बुधबार प्रेस विज्ञप्तीमार्फत सरकारले यस्ता गतिविधिले समाजमा भ्रम फैलाउने र सार्वजनिक शान्ति तथा सुरक्षामा असर पार्न सक्ने जनाएको हो ।

‘विगत केही समयदेखि विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालहरूमा अपुष्ट, भ्रामक र तथ्यहीन समाचारहरू प्रकाशन तथा प्रसारण भइरहेका सम्बन्धमा सरकार तथा सुरक्षा प्रति नागरिकको विश्वास कमजोर हुने अवस्थाको सिर्जना भइरहेको हुँदा यस्ता गतिविधिमा संलग्न नहुन सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

साथै, अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई जिम्मेवार र संयमित भएर सामग्री प्रकाशन तथा साझेदारी गर्न अनुरोध गर्दै आधिकारिक पुष्टि नभएका समाचार वा सूचना प्रसारण नगर्न र स्रोतको विश्वसनीयता सुनिश्चित गर्न विशेष ध्यान दिन पनि आग्रह गरिएको छ ।

‘कुनै पनि व्यक्तिको मानमर्दन हुने, सामाजिक सद्भाव खल्बल्याउने तथा राष्ट्रिय सुरक्षामा असर पर्ने किसिमका सामग्री प्रकाशन तथा प्रसारण नगर्न सम्बन्धित सबैमा सचेत गराइएको छ ।’ विज्ञप्तीमा भनिएको छ । सरकारले कुनै पनि व्यक्तिको प्रतिष्ठामा आँच पु¥याउने, सामाजिक सद्भाव खल्बल्याउने वा गलत सूचना फैलाउने कार्य कानुनअनुसार दण्डनीय हुने स्पष्ट पारेको छ ।

सञ्चारमाध्यमहरूलाई पत्रकारिताको आचारसंहिता पालना गर्न र तथ्यमा आधारित सामग्री मात्र सार्वजनिक गर्न आग्रह गरिएको छ । सूचनाको आवश्यक परे सम्बन्धित निकायसँग सम्पर्क गरी आधिकारिक जानकारी लिन सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता