म्याग्देमा सांसद न्यौपानेको जनसंवाद कार्यक्रम, सर्वसाधरणको उपस्थिती न्युन

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ९

प्रतिनिधि सभा तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले बुधबार म्याग्दे गाउँपालिका जनसंवाद कार्यक्रम आयोजना गरे । चुनावका बेला गरेका प्रतिबद्धताहरूलाई व्यवहारमा उतार्ने उद्देश्य सहित हरेक तीन महिनामा जनसंवाद गर्ने अभ्यास अनुरूप उक्त कार्यक्रम आयोजना गरिएको सांसद न्यौपानेले बताए ।

यसअघि उक्त कार्यक्रम घिरिङ, ऋषिङ, शुक्लागण्डकी र भिमादमा सम्पन्न भईसकेको छ भने बुधबार नै व्यास नपा वडा नम्बर ५ मा पनि जनसंवाद कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रममा बोल्दै सांसद न्यौपानेले आफ्नो निर्वाचन क्षेत्रको योजना छनौट गर्न योजना बैंकको अवधारणा ल्याएको बताए । योजना बैंकले जनताको वास्तविक समस्या पहिचान गर्न, आयोजना तयार पार्न, सम्बन्धित निकायहरूमा प्रभावकारी समन्वय गर्न, आवश्यक परेको खण्डमा संसदमा सशक्त रूपमा आवाज उठाउन तथा नीति, ऐन र कानुन निर्माणमार्फत दीर्घकालीन समाधान खोज्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको उनले बताए ।

‘चुनावपछि नेता हराउँछन्’ भन्ने जनगुनासोलाई अन्त्य गर्ने दृढ संकल्पका साथ सुरु गरिएको यो जनसंवाद कार्यक्रममार्फत जनता र जनप्रतिनिधिबीच निरन्तर भेटघाट र सहकार्यको वातावरण निर्माण हुने विश्वास लिएको न्यौपानेले बताए । जनताको सक्रिय सहभागितामा, जनताकै घरदैलोमा बसेर तयार पारिने योजना र आयोजना बैंकले उन्नत र उत्तरदायी लोकतन्त्रको अभ्यासलाई अझ सुदृढ बनाउनेमा पूर्ण विश्वास लिएको सांसद न्यौपानेले बताए ।

उक्त जनसंवाद कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, जनप्रतिनिधिहरु, नागरिक समाजका अगुवा, बुद्धिजीवी तथा आम नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सो कार्यक्रममा सर्वसाधराण्को उपस्थिती भने अत्यन्त न्युन रहेको थियो ।

कार्यक्रममा प्रत्यक्ष रूपमा जनताका समस्या, गुनासा तथा बहुमूल्य सुझावहरू सुन्ने अवसर प्राप्त भएको भन्दै सांसद न्यौपानेले भने ‘संघीय सांसदको हैसियतमा निर्वाचित भएपछिका मेरा इमानदार प्रयासहरू र सरकारद्वारा सम्पन्न भएका महत्वपूर्ण कार्यहरूको जानकारी पनि आदान–प्रदान गरियो ।’

जनसंवाद कार्यक्रममा पालिकाका जनप्रतिनिधि र सर्वसाधरणले पहुँचका आधारमा भन्दा आवश्यकताका आधारमा बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका थिए । जनताका माग र लिखित सुझाव बुझ्दै सांसद न्यौपानेले प्राप्त योजनाहरूलाई प्राविधिक रूपमा अध्ययन गरी ‘योजना बैँक’ मा सूचीकृत गरिने बताए । जनसंवादमा कृषि आधुनिकीकरण, खानेपानी, सिँचाइ र तटबन्धका योजनाहरू स्थानीयले लिखित रूपमा पेस गरेका थिए । सांसद न्यौपानेले आफ्नो जिम्मेबारी इमानदारीपुर्वक पुरा गर्ने प्रतिबद्धता जनाए । आफ्नो क्षेत्रमा गर्नुपर्ने कामहरु, यस अघि थालनी भएर पनि पुरा नभएका कामहरुको बारेमा आफुलाई जानकारी गराउन उनले अनुरोध गरे ।

‘समस्याहरु प्राप्त भएपछि स्थानीय र प्रदेशको क्षेत्राधिकार भित्र पर्ने समस्याहरु बर्गिकरण गर्ने र संघीय सरकारले गर्ने समस्याहरु समाधानको पहल गर्छु ।’ सांसद न्यौपानेले भने ‘काम भए नभएको निगरानी, आवश्यकता अनुसार खबरदारी गर्ने र समन्वय गर्ने काम गर्छु ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अनलाइन मिडिया र सामाजिक सञ्जालमा भ्रामक र तथ्यहित सामाग्री नराख्न सरकारको चेतावनी

काठमाडौं । बैशाख ९ सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री