देवघाटबाट लागूऔषध र जरायोको सिङसहित एक जना पक्राउ

Devghat Online

शेयर गरौ

देवघाट । बैशाख १२

तनहुँ प्रहरीले लागुऔषध र विभिन्न सामाग्री सहित देवघाटबाट एक जनालाई पक्राउ गरेको छ । देवघाट गाउँपालिका–५ सेतीभतेरी टोलबाट लागूऔषध तथा विभिन्न अवैध सामानसहित स्थानीय ३६ वर्षीय रोहित भन्ने कृष्ण तामाङलाई पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा गएको प्रहरीले टोलीले तामाङकोे उनको घर, पूजा कोठा, सुत्ने कोठालगायत विभिन्न स्थानमा चेकजाँच गर्दा लागू औषधसहित वन्यजन्तुसँग सम्बन्धित शंकास्पद वस्तु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

तामाङकोे घरबाठ प्रहरीले २४८ क्यापसुल ट्रामाडोल, २०० ग्राम गाँजा, २५० क्यापसुल भोमिन, जरायोको सिङजस्तो देखिने २ थान, गैडाको छालाजस्तो देखिने सानो टुक्रा १ थान, पञ्चमुखे शंख १ थान, नख १ थान, सानो खुकुरी दाबसहित १ थान, रेडमी र क्यूटेल मोबाइल १÷१ थान, त्रिकोण आकारका चार वटा छालाजस्ता टुक्रा, जरायोको सिङजस्तो देखिने साना टुक्रा ४ थान र सानो चक्कु १ थान बरामद गरिएको जनाएको छ ।

तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आबुखैरेनी ल्याइएको छ । बरामद गरिएका वन्यजन्तुसँग सम्बन्धित देखिने सामग्रीको अनुसन्धान भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको