म्याग्देमा दुई दिने निःशुल्क स्त्री रोग सम्बन्धी स्वास्थ्य शिविर हुने

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २९

म्याग्दे गाउँपालिकामा महिलाहरूका लागि दुई दिने निःशुल्क स्त्री रोग स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा यही वैशाख २९ र ३० गते छुट्टाछुट्टै स्थानमा शिविर सञ्चालन गर्न लागिएको हो ।

गाउँपालिकाद्वारा जारी सूचना अनुसार गण्डकी अस्पताल पोखराकी स्त्री रोग विशेषज्ञ डा. मनु वि.क.द्वारा शिविरमा बिरामीको स्वास्थ्य परीक्षण गरिनेछ । शिविरमा विशेषगरी पाठेघरको मुखको क्यान्सर, अब्सटेटिक फिस्टुला, क्लिनिकल स्तन क्यान्सर, पाठेघर खस्ने समस्या (आङ खस्ने), बाँझोपन तथा PID र STI सम्बन्धी समस्या भएका महिलाहरूलाई लक्षित गरी परामर्श र उपचार सेवा प्रदान गरिने स्वास्थ्य शाखाले जनाएको छ ।

शिविर बैशाख २९ गते पसले आधारभूत स्वास्थ्य सेवा केन्द्र, म्याग्दे–३ तथा वैशाख ३० गते अकला सामुदायिक स्वास्थ्य इकाई, म्याग्दे–६ मा हुने स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरेले बताए । शिविर बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ । ३० वर्षभन्दा माथिका इच्छुक महिला दिदीबहिनीहरूलाई शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन गाउँपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना भएको मोटरसाईकल चेक जाँच गर्दा लागुऔषध फेला

तनहुँ । बैशाख २९ आबुँखैरेनी गाउँपालिका–२ खानीखोला स्थित पृथ्वीराजमार्गमा सोमबार दुर्घटना भएको मोटरसाईकल चेकजाँच गर्दा