रास्वपाको महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुने

Devghat Online

शेयर गरौ

चितवन । बैशाख ३०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिए ।

रास्वपाले सभापति रवि लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति र सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा विधान संशोधन समिति गठन समेत गरेको छ ।

रास्वपाले समिति गठन नभएका वडाको भेला जेठ २ गते बोलाएको छ । वैशाख २० गते अघि वडा समिति गठन भइसकेका स्थानको वडा अधिवेशनको मिति जेठ ३ गतेका लागि तोकिएको छ ।

तदर्थ समिति गठन नभएका पालिकाहरुको भेला जेठ ९ गतेका लागि समय निर्धारण गरिएको छ । वैशाख २५ गते अघि पालिका समिति गठन भइसकेका स्थानको अधिवेशनको समय जेठ १० गतेका लागि तोकिएको छ ।

जेठ ३ गतेसम्म वडा समिति बनेका स्थानको अधिवेशन जेठ १६ गतेका लागि तोकिएको छ । जेठ १० गतेअघि पालिका समिति बनेकाहरुको हकमा पालिका अधिवेशन जेठ १७ को लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ