भिमादले ग¥यो अवैध नदीजन्य पदार्थ उत्खननमा संलग्न दुई ट्रिपरलाई जरिवाना

Devghat Online

शेयर गरौ

तनहुँ । असार २

भिमाद नगरपालिकाले अबैध नदीजन्य पदार्थ उत्खननमा संलग्न दुई ट्रिपरलाई जरिवाना गरेको छ । वडा नम्बर ५ स्थित वन्ट्याङ्ग खोलाको किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्दै गरेका दुईवटा ट्रिपरलाई मंगलबार जरिवाना गरिएको भिमाद नगरपालिकाले जनाएको छ ।

नेपाल प्रहरीको टोलीले नियमित चेकजाँचका क्रममा कानुनी कागजात बिना नदीजन्य पदार्थ (गिट्टी र बालुवा) उत्खनन गरिरहेको अवस्थामा दुई ट्रिपर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका ट्रिपरहरूलाई आवश्यक कारबाहीका लागि भिमाद नगरपालिकामा पेश गरिएकोमा नगरपालिकाले प्रति सवारीसाधन रु.२० हजारका दरले जम्मा रु.४० हजार जरिवाना गरी सम्बन्धित पक्षलाई छाडिएको जनाएको छ ।

नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि निरन्तर अनुगमन र कानुनी कारबाहीलाई कडाइका साथ अघि बढाइने प्रमुख प्रशासकीय अधिकृत सोभाखर पोख्रेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता