तनहुँ प्रहरीद्वारा सर्च एण्ड स्विप अपरेसन, ९ जना पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । असार २

तनहुँ प्रहरीले गरेको सर्च एण्ड स्विप अपरेसनको क्रममा ९ जना पक्राउ परेका छन् । सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतबाट खटिएको प्रहरी टोलीले लागुऔषध नियन्त्रण, अबैध मदिरा, शान्ति सुरक्षा, फरार पक्राउ, चोरी नियन्त्रण, प्राकृतिक स्रोत साधनको अनधिकृत प्रयोग नियन्त्रण लगायतको लागि उक्त अभियान सन्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त सर्च एण्ड स्विप अपरेसन कारबाहीको क्रममा ९ जना शंकास्पद व्यक्तिहरू नियन्त्रणमा लिइएकोमा १ जना माथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक द्वारिका प्रसाद घिमिरेले बताए ।

यसैगरि बिहानिको समयमा बढ्दै गइरहेको दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रुपमा मंगलबार पनि पोखरा मुग्लिङ सडक खण्डमा चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिएको छ ।

मंगलबार बिहान ४ बजे देखि जिल्ला भित्रका बिभिन्न स्थानहरुमा सचेतना कार्यक्रम गरिएको र उक्त क्रममा ६० वटा दुई पाङग्रे सवारी साधन, ४३ वटा पाङग्रे साना सवारी साधन र ७० वटा ठुला सवारी साधनलाई सचेत गराईएको जिल्ला प्रहरी कार्यालय कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले