तनहुँ प्रहरीद्वारा सर्च एण्ड स्विप अपरेसन, ९ जना पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । असार २

तनहुँ प्रहरीले गरेको सर्च एण्ड स्विप अपरेसनको क्रममा ९ जना पक्राउ परेका छन् । सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतबाट खटिएको प्रहरी टोलीले लागुऔषध नियन्त्रण, अबैध मदिरा, शान्ति सुरक्षा, फरार पक्राउ, चोरी नियन्त्रण, प्राकृतिक स्रोत साधनको अनधिकृत प्रयोग नियन्त्रण लगायतको लागि उक्त अभियान सन्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त सर्च एण्ड स्विप अपरेसन कारबाहीको क्रममा ९ जना शंकास्पद व्यक्तिहरू नियन्त्रणमा लिइएकोमा १ जना माथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक द्वारिका प्रसाद घिमिरेले बताए ।

यसैगरि बिहानिको समयमा बढ्दै गइरहेको दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रुपमा मंगलबार पनि पोखरा मुग्लिङ सडक खण्डमा चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिएको छ ।

मंगलबार बिहान ४ बजे देखि जिल्ला भित्रका बिभिन्न स्थानहरुमा सचेतना कार्यक्रम गरिएको र उक्त क्रममा ६० वटा दुई पाङग्रे सवारी साधन, ४३ वटा पाङग्रे साना सवारी साधन र ७० वटा ठुला सवारी साधनलाई सचेत गराईएको जिल्ला प्रहरी कार्यालय कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता