भिमादमा बुधबारदेखी ‘६८ करोड कप’ भलिबल प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

तनहुँ । असार १६

तनहुँको भिमादमा बुधबारदेखि ‘६८ करोड कप–२०८३’ क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

पिरुङ्ग स्पोट्र्स क्लबको आयोजना तथा टिम ६८ करोडको सहआयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आगामी असार २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता लिग कम नकआउट प्रणाली अन्तर्गत खेलाइने छ । क्लबका अध्यक्ष विवश आलेका अनुसार प्रतियोगितामा आयोजक पिरुङ्ग स्पोट्र्स क्लब भिमादसहित तनहुँ भलिबल, स्याङ्जा भलिबल, शाही फलफूल स्याङ्जा, वालिङ भलिबल क्लब र हाई भिजन ल्याण्ड गरी ६ उत्कृष्ट टोलीको सहभागिता रहने छ ।

प्रतियोगिताको ‘६८ करोड कप’ नामकरण गण्डकी प्रदेशका चर्चित सेटर तथा आयोजक संस्थाका अध्यक्ष विवश आलेकै उपनामबाट गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार ६८ रुपियाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उपविजेताले ७७ हजार ६८, तृतीय हुने टोलीले ४४ हजार ६८ तथा सान्त्वना स्थान हासिल गर्ने टोलीले २२ हजार ६८ रुपियाँ प्राप्त गर्ने छन् ।

व्यक्तिगत विधातातर्फ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ६८ रुपियाँ तथा उत्कृष्ट ब्लकर, स्पाइकर, सेटर, विधागत उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही ३ हजार ६८ रुपियाँसहित सम्मान गरिने छ ।

पत्रकार सम्मेलनमा बोल्दै भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले खेलकुद युवाहरूको क्षमता विकास, अनुशासन र सामाजिक एकताको महत्वपूर्ण माध्यम भएको बताए । उनले नगरको पहिचान बढाउने यस्ता प्रतियोगिताको सफल आयोजनाका लागि भिमाद नगरपालिकाको आवश्यक साथ, सहयोग र समन्वय रहने प्रतिबद्धता व्यक्त गरे ।

त्यसै गरी भिमाद नगर उद्योग वाणिज्य संघ अध्यक्ष चतुर्भुज सुवेदीले प्रतियोगिताले स्थानीय खेलकुदको विकाससँगै बजारको आर्थिक गतिविधि, पर्यटन तथा व्यवसाय प्रवर्धनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे । खेलप्रेमीहरूलाई आकर्षित गर्न खेल अवधिको हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साङ्गीतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

सगरमाथा बृक्षारोपण महाअभियान तथा राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा शुक्लागण्डकीमा रुद्राक्ष रोपण

तनहुँ । असार १४ सगरमाथा वृक्षारोपण महाअभियान को २० वर्षे कार्ययोजना तथा राष्ट्रिय वृक्षारोपण दिवसको