तनहुँमा बाढीपीडितको खोजी तथा उद्धार कार्य जारी

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ १८

भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई तनहुँमा निरन्तरता दिइएको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार अभियान अन्तर्गत भदौ १८ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट संयुक्त रूपमा प्रहरी परिचालन गरिएको हो ।

प्रहरी टोलीले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ र ५ तथा देवघाट गाउँपालिका–४ र ५ अन्तर्गत त्रिशूली नदी किनार क्षेत्रमा खोजी कार्य सञ्चालन गरेको छ । मुग्लिङ पुलदेखि देवघाटसम्मको नदी किनार क्षेत्रमा केन्द्रित भएर खोज तथा उद्धार अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी द्वारिका प्रसाद घिमिरेले बताए ।

बाढीबाट प्रभावित तथा सम्पर्कविहीन व्यक्तिको खोजीका लागि व्यापक रूपमा प्रहरी परिचालन गरिएको र खोज तथा उद्धार कार्य भोलि पनि निरन्तर जारी रहने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले