दमौलीका युवाद्वारा धादिङ र नुवाकोटका बाढीपीडितलाई राहत वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ २०

रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित धादिङ र नुवाकोटका बाढीपीडित परिवारलाई दमौलीका युवाहरूले राहत सामग्री वितरण गरेका छन् ।

दमौली क्षेत्रका विभिन्न शुभेच्छुक, सहयोगदाता तथा स्थानीयवासीबाट संकलन गरिएको राहत सामग्री बाढीका कारण घरबार तथा दैनिक उपभोगका सामग्री गुमाएका ५ सयभन्दा बढी परिवारलाई वितरण गरिएको हो ।

राहतस्वरूप प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, कापीकलम तथा दैनिक जीवनयापनमा आवश्यक भाँडाकुँडालगायतका सामग्री वितरण गरिएको थियो । दमौलीका युवा सुदीप गफ्फार सहितको युवाको टोलीले राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेर वितरण गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले