पोखराका मानवअधिकारकर्मी तथा पत्रकार पन्थी सम्मानित

Devghat Online

शेयर गरौ

पोखरा । भदौ २१

गुल्मी जिल्ला घर भई लामो समयदेखी पोखरालाई कर्मथलो बनाउँदै आएका मानवअधिकारकर्मी एवं पत्रकार मधु पन्थी सम्मानित भएका छन् । कर्मफ्लाइट्स फाउण्डेसन नेपालको शनिबार सम्पन्न १२ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनको अवसरमा पन्थी सम्मानित भएका हुन् ।

पन्थी विगत साढे दुई दशकभन्दा लामो समयदेखि मानवअधिकार, पत्रकारिता, सञ्चार र सामाजिक अभियानका क्षेत्रमा निरन्तर सक्रिय रहेका छन् । पन्थीले विशेष गरी शिक्षा, स्वास्थ्य, खाद्य अधिकारसँग मानवअधिकार र सामाजिक क्षेत्रमा कलमका माध्यमबाट सूचना र समाचार जनसमक्ष प्रस्तुत गर्दै आएका छन् ।

पन्थीसँग यसअघि लामो समय (२०५६ सालदेखि २०८१ सालसम्म) अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), गण्डकी प्रदेश कार्यालय, पोखरामा आबद्ध रहेर काम गरेको अनुभव रहेको छ । त्यस क्रममा उनी मानवअधिकार उल्लङ्घनका घटनाको अनुगमन तथा अभिलेखीकरण, पीडितका सवालको उठान र न्यायका लागि पैरवीलगायतका काममा प्रत्यक्ष रूपमा संलग्न भएका थिए । यस अनुभवले मानवअधिकारका सवाललाई नजिकबाट बुझ्ने र त्यसका लागि निरन्तर काम गर्ने आधार तयार भएको पन्थीले बताएका छन् ।

पन्थी यसअघि शान्तिका लागि नागरिक समाजको सञ्जाल, पोखराद्वारा २०६४ सालमा र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट २०६९ सालमा उत्कृष्ट कार्य गरे स्वरूप सम्मानित भईसकेका छन् ।

फाउन्डेशनको उक्त साधारणसभामा संस्थाले समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरूलाई कदर स्वरूप विभिन्न विद्यामा सम्मान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको