भोटेकोसी बाढीका बेपत्ताको खोजीमा त्रिशूलीसम्म कुकुरसहितको संयुक्त प्रहरी टोली परिचालन

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ २१

भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धारका लागि तनहुँस्थित त्रिशूली नदी किनार क्षेत्रमा तालिमप्राप्त कुकुरसहितको संयुक्त प्रहरी टोली परिचालन गरिएको छ ।

आइतबार बिहानैदेखी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट आएको तालिमप्राप्त के–नाइन (कुकुर) टोलीसहित विभिन्न प्रहरी वृत्तका टोलीहरूलाई परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

खोज तथा उद्धार कार्यलाई तीव्रता दिन जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी द्वारिका प्रसाद घिमिरेको कमाण्डमा प्रहरी टोली खटिएको छ । यसैगरी इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदी, इलाका प्रहरी कार्यालय बन्दीपुरबाट प्रहरी निरिक्षक आषिस पोखरेलको कमाण्डमा टोलीहरू परिचालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त अभियानमा इलाका प्रहरी कार्यालय देवघाट, इलाका प्रहरी कार्यालय साराङघाट तथा अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपसहितको संयुक्त प्रहरी टोली प्रत्यक्ष रूपमा खटिएको जनाईएको छ ।

टोलीले तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं.४ र ५ तथा देवघाट गाउँपालिका वडा नं. ४ र ५ क्षेत्रमा पर्ने मुग्लिन पुलजिपदेखि देवघाटसम्मको त्रिशूली नदी किनारमा सघन रूपमा खोजी तथा उद्धार कार्य अघि बढाएको छ । बाढीले बगाएर ल्याएका शवहरू नदीको तटीय क्षेत्रमा भेटिने क्रम जारी रहेकाले प्रहरीले कुकुरसहितको विशेषज्ञ टोली प्रयोग गरी खोजी अभियानलाई निरन्तरता दिने प्रहरीले जनाएको छ ।

गत भदौ १० गते भोटेकोसी नदीमा आएको भिषण बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । उक्तबाढी परि मृत्यु भएका मध्ये ३८ जनाको शव तनहुँको सिमामा पर्ने त्रिशुली नदीको किनारमा भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको