भरतपुरका वर्ष १४ का दुई किशोर दुई दिनदेखि बेपत्ता

Devghat Online

शेयर गरौ

भरतपुर महानगरपालिका वडा नम्बर १० शरदपुर बस्ने वर्ष १४ का दुई किशोर विगत दुई दिनदेखि बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा प्रेमबस्ती मावि कक्षा १० अध्ययनरत अन्जन खनाल र स्टेब बाई स्टेव स्कुल भरतपुरमा कक्षा १० मा नै अध्ययन गर्ने आयुस कँडेल रहेका छन् । उनीहरु घरबाट विद्यालय गएको अवस्थामा बाटोबाटै बेपत्ता भएका हुन् ।
परिवारका अनुसार उनीहरु दुवै मिल्ने साथीहरु पनि रहेको बताईएको छ ।
गहुँगोरो वर्ण भएका उनीहरु झण्डै पाँच फिट अग्ला र पातलो शरीर भएका रहेको परिवारले जनाएका छन् । परिवारलेले दुवै किशोरलाई कसैले भेटेमा नजिकको प्रहरी कार्यालय वा आफन्तलाई खबर गरिदिन सबैसँग अनुरोध गरेका छन् । कसैले देखेमा वा भेटेमा सम्पर्क नम्बर ९८४५६९६६०६, ९८४८०९६७०० र ९८४५४०७०८० मा खबर गरिदिन परिवारले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो