हिरासतमा लुँडो खेलेर टाइमपास गर्दै रवि लामिछाने

Devghat Online

शेयर गरौ

–दिपेन्द्र अधिकारी

भरतपुर । पत्रकार रवि लामिछानेका समर्थकविरूद्ध चितवन प्रहरीले अभद्र दुव्र्यवहारमा मुद्दा चलाएको छ । रविको रिहाइका लागि भएकोे प्रदर्शनमा खराब आचरण र व्यवहार देखाएको भन्दै चितवन प्रहरीले हालसम्म २२ जनाविरूद्ध मुद्दा चलाएको हो ।

चार जना भने जनही ५ सय धरौटीमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले साउन ३२ गते पक्राउ परी मुद्दा चलाइएका चार जना जिल्ला प्रशासन कार्यालय चितवनबाट ५ सय धरौटीमा छुटेको बताए । भरतपुर ४ की ३५ वर्षीया कोपिला न्युरे, भरतपुर १० की ४० वर्षीया गीता भुजेल, भरतपुर ८ का २४ वर्षीय गोविन्द बाँस्तोला र भरतपुर ७ का १८ वर्षीय प्रवीण गैरे रहेका छन् ।

त्यस्तै, प्रहरीले भदौ २ गते भएको प्रदर्शनबाट १० जनालाई पक्राउ गरेको छ । पक्राउ भई अभद्र व्यवहारअन्तर्गत मुद्दा चलेकाहरुमा गोरखा भीमसेन गाउँपालिका २ बस्ने वर्ष २९ की संगीता पोखरेल, रत्ननगर १३ की वर्ष ३८ की मीरा लामिछाने, भरतपुर १२ की वर्ष ३८ की तारा बराल, भरतपुर ८ की वर्ष २९ की मीरा सुवेदी, भरतपुर ७ की वर्ष २० की समीक्षा ढकाल, सोही ठाउँकी वर्ष ३८ की शर्मिला ढकाल, भरतपुर १३ का वर्ष २२ का सुरज श्रेष्ठ, भरतपुर ११ का वर्ष ३२ का अर्जुन पन्त, भरतपुर ४ का वर्ष ४० का मोहन खतिवडा र भरतपुर १० का वर्ष ४० का अजय गहतराज रहेको प्रहरी प्रवक्ता कोइरालाले बताए । उनीहरुविरूद्ध म्याद थप भई अनुसन्धान भइरहेको छ ।

त्यस्तै, साउन ३ गतेको प्रदर्शनमा थप ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामचन्द्र पाण्डे, अरूण बानियाँ, बिम्बा कोइराला, लीला सापकोटा, अजुर्न जोशी, प्रकाश जैसी, पार्वता अधिकारी र लक्ष्मी तिमिल्सिनाविरूद्ध बुधबार ७ दिनको म्याद थप भएको छ । यस घटनामा बुझ्नुपर्ने अन्य व्यक्तिहरुसँग पनि प्रहरीले बयान लिइरहेको छ । आरोपितहरुका आफन्त, सहकर्मीहरुसँग सोधपुछको काम भइरहेको प्रहरीले जनाएको छ ।

सात प्रहरी घाइते

घटनामा ७ जना प्रहरी घाइते भएको डिएसपी कोइरालाले बताए । प्रहरी जवानहरु चन्द्रभूषण मिश्र, सुवास राणा, दुर्गा बोहरा, कामेश्वर यादव, प्रहरी हबलदार टेमप्रसाद तिमिल्सिना तथा असईहरु राजेशकुमार मिश्र र सुशीला मिश्र घाइते भएका हुन् । घाइतेहरु अन्यको अवस्था सामान्य रहे पनि जवान सुवास राणाको भने हात भाँचिएको प्रहरीले जनाएको छ ।

लुँडो खेलेर टाइमपास गर्दै रवि

सीधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक रवि लामिछाने साउन ३० गतेदेखि चितवन प्रहरीको हिरासतमा छन् । हिरासतभित्र रवि के गरिरहेका छन् भन्ने धेरैको चासोको विषय हुन सक्छ । रवि आराम गर्नुका साथै कहिले पढ्ने त कहिले खेल्ने काममा व्यस्त छन् । भेटघाट गर्नका लागि आउनेहरुसँग भेटघाटबाहेकको समयमा रवि हिरासतमै रहेका अन्य थुनुवाहरुसँगै लुँडो खेलेर समय बिताइरहेका छन् ।

बयान लिन थालेपछि छुट्टाछुट्टै बसेका रवि र युवराज बयान सकिएपछि पुनः एउटै कोठामा बस्न थालेका छन् । चोरी, लागूऔषध, सवारी ज्यान मुद्दाका आरोपितहरु उनीहरुसँगै रहेका छन्, जो उनीहरुका लुँडो खेल्ने साथी हुन् ।  चितवन पोष्ट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने