छ माया छपक्कैको फस्टलुक !!

Devghat Online

शेयर गरौ

नेपाली चलचित्र छ माया छपक्कैको फस्ट लुक सार्बजनिक भएको छ । फस्टलुकमा चलचित्रका मुख्य ४ कलाकार दीपकराज गिरी,केकी अधिकारी, केदार घिमिरे र जीतु नेपाललाई प्रस्तुत गरिएको छ । पोष्टरमा अभिनेत्री केकी अधिकारीले घुम ओढेकी छन् भने यता दीपक,केदार र जीतु घोप्ट्याइएको डोकोमा कुहिनो राखेर मुस्कुराई रहेको देखिन्छ ।

दिपेन्द्र लामा निर्देशित चलचित्र आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको हो । सफल निर्देशकका रुपमा आफुलाई चिनाएकी दीपाश्री निरौलाले यस चलचित्रमा निर्देशक सल्लाहकारका रुपमा रहेर काम गरेकी छन् । यस चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट, शिशिर वाङ्देल, प्रकाश घिमिरे,लक्ष्मण बस्नेत, रमा थपलिया, सारदा गिरी, सबिन बास्तोला,अनुरागमान सिंह कुवर,दिपक क्षेत्री लगायतका लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रले शहरमा हुर्किएकी एक युवती र एक सोझो र अर्धबैशे पुरुष बीचको प्रेमकथा वाचन गर्नेछ । चलचित्रमा हरि हुमागाइँको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व , दीपक शर्माको संगीत , कविराज गहतराजको कोरियोग्राफी , विपिन मल्लको सम्पादन रहेको छ । चलचित्रको निर्देशन दिपेन्द्र लामाले गरेका हुन भने चलचित्रको कथा पनि निर्देशक लामाकै रहेको छ । दीपकराजको  पटकथा  रहेको चलचित्रमा संवादमा भने दीपकलाई केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्र आउने दशैमा रिलिज हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४