डेंगु भनेको भाइरल ज्वरो हो । यस्तो अवस्थामा एन्टिबायोटिक्स खानुपर्दैन :डा. अनुप बाँस्तोला

Devghat Online

शेयर गरौ

काठमाडौं  : डेंगु पोजेटिभ देखिएपछि काठमाडौं–१५ की सरिता तण्डुकारले घरनजिकै जँचाइन् । चिकित्सकले एन्टिबायोटिक्स औषधि खान सुझाए । उनले त्यसै गरिन् तर सञ्चो भएन ।उनी सोमबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगिन् । त्यहाँका चिकित्सकले एन्टिबायोटिक्स नखान सल्लाह दिए । तब पछुतो लागेको उनले सुनाइन् । एन्टिबायोटिक्स किन्दा उनको झन्डै ५ सय खर्च भएको थियो । कतिपय चिकित्सकले उक्त औषधि तीन दिनको लागि सिफारिस गरेको बिरामीले बताएका छन् ।

अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाका अनुसार डेंगु भनेको भाइरल ज्वरो हो । ‘यस्तो अवस्थामा एन्टिबायोटिक्स खानुपर्दैन’, उनले भने, ‘ब्याक्टेरियाको संक्रमण भएपछि एन्टिबायोटिक्स सेवन गर्ने हो ।’ कतिपयले संक्रमण भएका बेला सागसब्जी खान नहुने सुनेको उल्लेख गरे । ‘कसले भन्यो यस्तो कुरा ? सागसब्जी प्रशस्त खाए हुन्छ’, उनले भने, ‘सिटामोल र झोल पदार्थ पनि खानुहोस् ।’

अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार डेंगु संक्रमितले एन्टिबायोटिक्स सेवन गर्नुपर्दैन । ‘साधारण खालको क्लासिकल डेंगुका बिरामी देखिएका छन्’, उनले भने, ‘ज्यान लिने खालको छैन ।’

साधारण संक्रमितले घरमै आराम गर्दा लाभ हुने उनको भनाइ छ । ‘ज्वरो आए वा शरीर दुखेको छ भने सिटामोल खाए हुन्छ’, उनले भने, ‘त्यसपछि जीवनजल खाए हुन्छ । झोलिलो पदार्थ खाँदा फाइदा हुन्छ ।’

रगत पातलो गराउने औषधि सेवन गर्न नहुने उनले बताए । प्लेटलेट्स घटेको अवस्थामा चिकित्सकसँग परामर्श गर्न उनले सुझाव दिए ।

यो रोगको मुख्य लक्षण उच्च ज्वरो आउनु रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन्छ । टाउको असाध्यै दुख्छ । आँखाको गेडी र पछिल्लो भाग दुख्छ । ढाड, जोर्नी र मांसपेशी दुख्छ । शरीरमा बिमिरा देखापर्छ । धेरै ज्वरो आई दुई वा दुईभन्दा बढी लक्षण देखापरेको अवस्थामा डेंगु ज्वरो आएको शंका गर्न सकिने डा. लालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने